बागलुङको बडिगाडमा पहिरोमा ८ जनाको मृत्यु

आदर्श समाज सम्वाददाता
श्रावण २२, २०८१
rum pahiro (3)

फाइल

बागलुङ, २२ साउन । अविरल वर्षापछि खसेको पहिरोमा पुरिएर बागलुङमा ८ जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार मृत्यु हुनेमध्ये अधिकांश बालबालिका हुन् ।

मंगलबार बिहान बडिगाड गाउँपालिका–९, बलघाँसमा खसेको पहिरोमा १५ वर्षीय विधान परियार र २४ वर्षीय गंगा बस्नेतको मृत्यु भएको हो । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार वडा १०, आरुपाटामा पहिरोले स्थाानीय जोगलाल बुढाको घर र गोठ पुरिंदा ७ वर्षका जुम्ल्याहा मालती बुढा र मधु बुढा, १३ वर्षका मनोज बुढा र १२ वर्षका अमन बुढाको पनि मृत्यु भएको छ ।

सोही घरमा आएकी छिमेकी सञ्जु बिककी ६ वर्षीया छोरीको मृत्यु भएको छ । यस्तै, ५९ वर्षीया मैतीदेवी बिकको पनि मृत्यु भएको हो । घटनामा अझै कति बेपत्ता छन् भन्ने खुलेको छैन ।

पहिरोमा पुरिएकामध्ये ४ जनाको जीवितै उद्धार गरिएको छ । ४६ वर्षीया संगीता बुढा, ५९ वर्षीया सुमित्रा बिक, ३२ वर्षकी सीता थापा र ४२ वर्षीय मंगलसिं बुढा गम्भीर घाइते छन् । उहाँहरूलाई उपचारका लागि प्राथमिक स्थ्यकेन्द्र बुर्तिवाङ पठाउने तयारी भएको छ ।

Related News

सम्बन्धित समाचार

  • पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी

    आदर्श समाज सम्वाददाता भाद्र २९, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन अन्तर्गत शनिबार नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदैछ । शुक्रबार पोखराका मेयर…
  • डेभिज फल सहकारीको १३ औं वार्षिक साधारणसभा

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा, २८ भदौ । डेभिज फल बचत तथा ऋण सहकारी संस्था लि., पोखरा–१७ को १३ आौं वार्षिक साधारण सभा शुक्रबार…
  • लक्ष्मी विद्या पदक प्रदान

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा । कास्कीका विभिन्न क्याम्पसबाट व्यवस्थापन संकायअन्तर्गत विभिन्न तहमा उत्कृष्ट हुने विद्यार्थीलाई ‘लक्ष्मी विद्या पदक’ द्वारा सम्मान गरिएको छ ।…
  • सुनास कास्कीमा सिरोज

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा । सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीमा सिरोज कोइराला अध्यक्षमा निर्विरोध निर्वाचित भए । शुक्रबार संस्थाको १८ औं वार्षिक…
  • पोखरामा अमोडा ई५ डिलक्स र जेको जे६ लन्च

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा । पोखरामा शुक्रबार अमोडा ई५ डिलक्स र अफरोडर एसयूभी जेको जे६ सार्वजनिक गरिएको छ । पोखराका लागि ओमोडा र…

hero news full width