स्याङ्जा । नेपाली कांग्रेस स्याङ्जाका पूर्व सभापति एवं संविधानसभा सदस्य कमलप्रसाद पंगेनीको छैटौं स्मृति सभा मनाइएको छ । पुतलीबजार १, लोकतान्त्रिक चोकस्थित बिपी जिपी स्मृति भवनमा बिहान रक्तदान, दिउँसो उनकै गृहनगर भीरकोटमा सालिक स्थापना र साँझ गल्याङस्थित रामनदीधाम राम्दीमा लाखौं बत्ती बालेर उनको स्मृतिसभा मनाइएको कांग्रेसका जिल्ला सभापति एवं संघीय सांसद राजु थापाले बताए । उनका अनुसार कांग्रेसले जीवनभर पार्टीमा खटेर योगदान पुरयाएको भन्दै पार्टी कार्यालयमा रक्तदान, भीरकोट जन्मथलोमा शालिक राख्ने स्थल शिलान्यास र राम्दीमा बात्ती प्रज्वलनसहित संकृतन गर्दै ३ स्थानमा स्मृतीसभा मनाईएको हो । २०७५ सालमा मृत्यु हुनुअघि उनी साउन १९ मा राम्दीमा आयोजित कार्यक्रममा सहभागी भएका थिए । यहाँ आयोजित धार्मिक कार्यक्रममा सहभागी भई नाचगानसहित दान गरेर उनी फर्केका थिए ।
उनको राजनीति जतिञ्जेलसम्म रह्यो उनी कांग्रेसको मात्र नभई सबै राजनीतिक दलका साझा नेता भएर सामाजिकसेवामा जुटे । नेपालको प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलन र पार्टी संगठनमा उनकोे योगदान अतुलनीय रह्यो ।
भीरकोट १ बयरघारी आफनै कोठामा राती सुतेका अवस्थामा अस्वस्थ भएपछि हेलुस्थित कालिका सामुदायिक अस्पतालमा उपचारका क्रममा साउन २० मा ५५ वर्षको उमेरमा ह्दयघातका कारण निधन भएको थियो ।
उनी कांग्रेस स्याङ्जाको तीन पटक जिल्ला सभापति र संविधानसभा दोश्रो निर्वाचनमा स्याङ्जा क्षेत्र २ बाट निर्वाचित सदस्य हुन् । राजनीतिवृत्तमा स्वच्छ छबि बनाएका पंगेनी समाजसेवा र जनसम्पर्कमा उत्तिकै खट्ने राजनीतिज्ञ थिए ।
स्मृतिसभामा कांग्रेस केन्द्रीय उपसभापति पूर्व मन्त्री धनराज गुरुङ, पूर्वमन्त्री एवं केन्द्रीय सरस्वती तिवारी, जिल्ला सभापति एवं संघिय सांसद राजु थापा, संविधानसभा सदस्य मोहनप्रसाद पाण्डे, गण्डकी प्रदेश सांसद महेश भट्टराई, कांग्रेस महासमिति सदस्य छायाराम खनाल, कांग्रेस नेता ध्रुव पंगेनी लगायतले कमल पंगेनीले देखाएका सत्मार्ग पछ्याउँदै अघि बढ्नुपर्नेमा जोड दिए ।
कमल पंगेनी स्मृति प्रतिष्ठान अध्यक्ष लीलाप्रसाद पंगेनीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यवाहक सभापति केदार काफ्लेले स्वागत र सचिव दामोदर लम्सालले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
‘रमाउन नसक्नेले राजनीति नगर्नू’
प्रजातान्त्रिक आन्दोलनमा योगदान दिने सम्मानित
अनेरास्ववियु (क्रान्तिकारी) गण्डकीमा त्रिदीप
धनराज भन्छन्–छानबिनमा सघाउँछु
मादी १२ मा कांग्रेसको क्रियाशील सदस्यता वितरण
hero news full width
मुख्य समाचार
पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा
‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’
भाद्र २९, २०८१पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी
भाद्र २९, २०८१लक्ष्मी विद्या पदक प्रदान
भाद्र २८, २०८१विमला भण्डारी बनिन् गण्डकीको पहिलो प्रेस रजिष्ट्रार
भाद्र २८, २०८१ढाकाकुमार पक्राउ
भाद्र २७, २०८१