पोखरा । पोखरा–८, शान्तिमार्गस्थित सिर्जना माविले शनिबार नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गरेको छ । कक्षा ११ विज्ञान तथा व्यवस्थापन समूहमा भर्ना भएका विद्यार्थीहरूका लागि उत्प्रेरणामूलक कार्यक्रम आयोजना गरी विद्यार्थी स्वागत गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद बरालको अध्यक्षतामा भएको स्वागत कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा व्यवस्थापन कार्यालय, गण्डकी प्रदेशका प्रमुख लक्ष्मण देवकोटा रहेका थिए भने पहिलो नेपाली तारा २००५ का विजेता राष्ट्रिय गायक, पोख्रेली कलाकार धर्मेन्द्र सेवान विशेष अतिथि रहेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि देवकोटाले विद्यार्थीले आफ्नो सही गन्तव्य पहिचान गरेर त्यसैतर्फ मन, वचन र कर्मले लाग्नुपर्ने सुझाव दिए । विद्यालयका पूर्व विद्यार्थी गण्डकी मेडिकल कलेजकी डा. स्मीता सुवेदीले विद्यालयमा अध्ययन गर्दाका अनुभवहरू सुनाउँदै विद्यार्थीले कहिल्यै अरुको लहैलहैमा नलागी अग्रजहरूको सुझावलाई आत्मसात् गर्दै पढाइमा दत्तचित्त हुन विद्यार्थीहरुलाई आग्रह गरिन् । उनले आफ्नो लक्ष्यसम्म पुग्नका लागि विद्यार्थीसँग दृढ इच्छाशक्ति, धैर्य, साहस र लगनशीलता अपरिहार्य हुने बताइन् ।
विद्यालयका प्राचार्य डोलराज पाण्डेले विद्यालयले आधुनिक प्रविधियुक्त, गुणस्तरीय एवं संस्कारयुक्त शिक्षा प्रदान गर्दै आएको छ र आगामी दिनहरूमा पनि यस्तै शिक्षा प्रदान गर्न हरदम तत्पर रहने प्रतिबद्धता जनाए ।
गायक धर्मेन्द्र सेवानले कर्णप्रिय गीतहरू गाएर सबैलाई मन्त्रमुग्ध पारेका थिए । नृत्य कलाकार विपसा चँदराले उत्कृष्ट नृत्य प्रस्तुत गरिन् ।
कार्यक्रमबीच विद्यालयले विभिन्न क्षेत्रमा विशिष्टता हासिल गरेका विद्यालयका पूर्व विद्यार्थीहरू र विद्यालयबाट एसइई २०८० मा ४ जिपिए हासिल गरी कक्षा ११ विज्ञान समूहमा भर्ना भएका आयुष खड्का र मिस एसइई पोखरा–२०८० को विजेता विद्यालयकी छात्रा युजिन घलेलाई सम्मान गरेको थियो ।
Related News
सम्बन्धित समाचार
‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’
पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी
विमला भण्डारी बनिन् गण्डकीको पहिलो प्रेस रजिष्ट्रार
किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा
प्याराग्लाइडिङमा सोलो उडान माग
hero news full width
मुख्य समाचार
लक्ष्मी विद्या पदक प्रदान
‘रमाउन नसक्नेले राजनीति नगर्नू’
भाद्र २८, २०८१ढाकाकुमार पक्राउ
भाद्र २७, २०८१शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस एवं १६ औं साधारणसभा
भाद्र २७, २०८१पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने
भाद्र २७, २०८१पर्यटकीय याममा पोखराको तयारी
भाद्र २७, २०८१