पोखरा । पोखराको लामाचौरमा यस वर्ष पनि लामाचौर तीज महोत्सव एवं भलिबल प्रतियोगिता हुने भएको छ ।
नवआदर्श सामुदायिक विकास समाजको २८ औं वार्षिकोत्सव अवसरमा २६ औं संस्करणको लामाचौर तीज महोत्सव तथा आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी १९ देखि २१ भदौसम्म हुने तयारी छ । क्लबको आइतबारको भेलाले मिति तय गर्दै आवश्यक तयारी अघि बढाउने निर्णय गरेको हो । महोत्सव सधैं झैं स्थानीय इन्द्रराज्य लक्ष्मी माविको परिसरमा हुनेछ ।
महोत्सवको मुख्य आकर्षण राष्ट्रिय आमन्त्रित महिला तथा पुरुष भलिबलमा यसपालि दुवैतर्फ ५/५ टिमको सहभागिताका लागि पत्राचार गरिएको समाजका अध्यक्ष स्वागतमानसिंह भण्डारीले बताए । उनका अनुसार पुरुषतर्फ नेपाल पुलिस क्लब, एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र मणिमुकुन्द भलिबल क्लबले भाग लिने तयारी छ । त्यस्तै, महिलातर्फ त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, एपिएफ क्लब, न्यू डायमण्ड एकेडेमी र एभरेष्ट भलिबल क्लबलाई निम्तो दिइएको छ ।
लिग कम नकआउटका आधारमा संचालन हुने उक्त प्रतियोगिता भने महोत्सवको अघिल्लो दिन १८ भदौदेखि सुरु हुनेछ ।
महोत्सवमा अन्तरमहिला समूह तीज गीत प्रतियोगिता, अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता, औद्योगिक तथा विभिन्न व्यापारिक स्टलहरू, विभिन्न सांस्कृतिक कार्यक्रमको साथमा कलाकारको प्रस्तुति हुनेछ । यस्तै, शिक्षा, साहित्य, खेलकुद, युवा उद्यमशीलता विकासका क्षेत्रमा योगदान दिने स्रष्टालाई सम्मान र छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइने संस्थाका प्रथम उपाध्यक्ष दिनेश भण्डारीले बताए ।
पोखरा १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले अहिले मेला महोत्सव सम्पन्न गर्न धेरै चुनौती रहे तापनि लामाचौर तिज महोत्सव एउटा ब्राण्ड नै बनिसकेकाले सफल पार्न एकजुट भएर लाग्नु पर्ने बताए ।
भेलामा क्लबका कार्यसमिति, सल्लाहकार, पूर्व अध्यक्ष लगायत सम्पूर्ण समिति र उपसमिति संयोजक सहित उपस्थित थिए । सो अवसरमा डा. विश्वयूधीर पौडेल क्षत्री गण्डकी बोर्डिङको प्रिन्सिपल एवं गण्डकी कलेज अफ इन्जिनियरिङ साइन्सको प्राचार्य नियुक्त भएकोमा स्वागतसहित बधाई ज्ञापन गरिएको थियो ।
‘मौलिक संस्कृतिको जगेर्ना गरौं’ भन्ने मूलनाराका साथ संस्थाले २०५४ सालदेखि नै महिलाहरुको महान पर्व तीज अवसरमा ‘लामाचौर तीज महोत्सव’ निरन्तर सञ्चालन गर्दै आएको छ ।
Related News
सम्बन्धित समाचार
पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी
डेभिज फल सहकारीको १३ औं वार्षिक साधारणसभा
लक्ष्मी विद्या पदक प्रदान
सुनास कास्कीमा सिरोज
पोखरामा अमोडा ई५ डिलक्स र जेको जे६ लन्च
hero news full width
मुख्य समाचार
‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’
विमला भण्डारी बनिन् गण्डकीको पहिलो प्रेस रजिष्ट्रार
भाद्र २८, २०८१‘रमाउन नसक्नेले राजनीति नगर्नू’
भाद्र २८, २०८१ढाकाकुमार पक्राउ
भाद्र २७, २०८१शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस एवं १६ औं साधारणसभा
भाद्र २७, २०८१पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने
भाद्र २७, २०८१