पोखरा । विश्वकै अग्लो दाबी गरिएको मुस्ताङ गल्फ कोर्समा आगामी १ भदौमा तेस्रो संस्करणको प्रतिस्पर्धा हुने भएको छ । ४ हजार ७ सय मिटर उचाइको लोमान्थाङ गाउँपालिका ५, लोवथाङमा प्रतियोगिता गर्न लागिएको सोमबार पत्रकार सम्मेलनमा मुस्ताङ गल्फ कोर्सका निर्देशक इन्द्रधारा विष्टले जानकारी दिए । उनका अनुसार यो वर्ष झण्डै ६० एम्योचर गल्फरले सहभागिता जनाउँदै छन् ।
‘सधैँ नेपाली गल्फर मात्रै हुन्थे । यो वर्षदेखि प्रतियोगितालाई अन्तर्राष्ट्रियस्तरमा बिस्तार गरिएको छ,’ उनले भने, ‘भारत र अमेरिकाबाट गैरआवासीय नेपालीहरु सहभागी हुनेछन् ।’ मुस्ताङमा पर्यटनको विकास गर्नका लागि गल्फ प्रतियोगिताको परिकल्पना गरिएको विष्टले बताए । ‘अब ट्रेकिङ रुटहरु मासिँदै गएका छन् । हामी पनि अन्यत्र सिफ्ट हुनुपर्ने छ,’ उनले भने, ‘सबैभन्दा उत्तम विकल्प गल्फ हो भन्ने लागेर सुरुआत गरिएको छ ।’ उनले कोर्सलाई गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ज गराउन प्रयास भैरहेको सुनाए ।
‘जसरी आन्तरिक तथा बाह्य पर्यटक रोजाइ अहिले लुम्बिनी र सगरमाथा पर्छ त्यस्तै गरी मुस्ताङ गल्फ कोर्सले परिचय थप्छ भन्ने विश्वास हामीलाई छ,’ उनी अघि भन्छन्, ‘खेलकुदबाट पनि नेपालको प्रचार अन्तर्राष्ट्रियस्तरमा लैजान सकिन्छ । त्यसका लागि गिनिज बुकमा दर्ज गराउन लागिरहेका छौं ।’ ३६० डिग्रीमा हिमाल देखिने लोवथाङलाई सरकारले प्रवद्र्धन गर्न सके विश्वका गल्फरको सपनाको गन्तब्य बनाउन सकिने विष्टको तर्क छ ।
तेस्रो संस्करणको प्रतियोगितामा महिला र पुरुष विधाका विजेता, उपविजेता, बेस्ट ग्रस, क्लोजेस्ट टू द पिन र लंगेस्ट ड्राइभको पुरस्कार छ । यस्तै, प्रतियोगिताका ‘होल इन वान’ लाई याक पुरस्कार प्रदान गर्ने उनले बताए । याकको मूल्य १ लाख रुपैयाँ छ । तेस्रो होलमा यो पुरस्कार राखिएको छ । यो होल पार थ्री १५० यार्डमा छ । प्रोफेसनल गल्फ संघका सदस्य तथा प्राविधिक भूबहादुर गुरुङ (भुवन) ले सबै हिसाबले लोवथाङको गल्फ कोर्स अन्तर्राष्ट्रियस्तरको रहेको बताए । ‘केही टेक्निकल कुराहरु मिलाउन बाँकी छ । मुख्य समस्या ग्रीनको हो,’ उनले भने, ‘यसको लागि पनि टेक्नोलोजी छ । बनाउन सकिन्छ । तर राज्यले अपनत्व लिनुप¥यो ।’ गण्डकी प्रदेश सरकारले गौरवका रुपमा गल्फ कोर्सलाई राखे पनि लगानी भने गरेको छैन ।
गल्फ कोर्सलाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउन आवश्यक प्रक्रिया सुरु भएको छ । पालिकाबाट जग्गा लिजमा लिन प्रक्रिया थालिएको कोर्सका सञ्चालकले जनाए । यसैका लागि मुस्ताङ गल्फ कोर्स दर्ता भएको छ । बर्खाको समयमा अन्य ठाउँमा गल्फ खेल्न सम्भव छैन । यो ५ महिना लोवथाङ सबैभन्दा उपयुक्त मौसम हो । त्यसैले मुस्ताङ गल्फ कोर्सको प्रवद्र्धन आवश्यक रहेको कास्की जिल्ला गल्फ संघ उपाध्यक्ष भक्तराज गुरुङले बताए ।
Related News
सम्बन्धित समाचार
पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा
पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी
डेभिज फल सहकारीको १३ औं वार्षिक साधारणसभा
लक्ष्मी विद्या पदक प्रदान
सुनास कास्कीमा सिरोज
hero news full width
मुख्य समाचार
‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’
विमला भण्डारी बनिन् गण्डकीको पहिलो प्रेस रजिष्ट्रार
भाद्र २८, २०८१‘रमाउन नसक्नेले राजनीति नगर्नू’
भाद्र २८, २०८१ढाकाकुमार पक्राउ
भाद्र २७, २०८१शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस एवं १६ औं साधारणसभा
भाद्र २७, २०८१पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने
भाद्र २७, २०८१