सिद्दि सेतुली स्मृति प्रतिष्ठानमा छात्रवृत्तिका लागि १ करोडको मुद्दति, सरोकारवालासँग समीक्षा

आदर्श समाज सम्वाददाता
श्रावण २१, २०८१
siddhi

पोखरा । सिद्दि सेतुली स्मृति प्रतिष्ठान, पोखराले वार्षिक रुपमा वितरण गर्दै आएको छात्रवृत्ति कार्यक्रमको सरोकारवालासँग समीक्षा गरेको छ । छात्रवृत्ति वितरण गर्दै आएका १० शैक्षिक संस्थाका प्रधानाध्यापकलाई छात्रवृत्ति निर्देशिकाबारे अभिमुखीकरण र समीक्षा गरिएको प्रतिष्ठानका संस्थापक संरक्षक विश्वरत्न शाक्यले बताए ।

बैठकमा कन्या मावि नदीपुर, कन्या क्याम्पस, नदीपुर, ज्ञानभूमि आवि, महेन्द्र मावि, नयाँबजार, नवप्रभात मावि, कुँडहर आवि, अमरसिंह मावि, सिर्जना बहिरा मावि लेखनाथ र सिद्धार्थ आवि आर्वा र बालमन्दिर नदीपुरका प्रधानाध्यापक तथा प्रतिनिधिको उपस्थिति थियो ।

प्रधानाध्यापकहरुले प्रतिष्ठानले दिँदैआएको शैक्षिक सामग्री तथा छात्रवृत्ति कार्यक्रम अपांगता, दलित, अल्पसंख्यकसहित जेहेनदार र विपन्न वर्गका विद्यार्थीका लागि वरदान सावित भएको बताउँदै थप संख्यात्मक वृद्धि र निरन्तरताका लागि आग्रह गरेका थिए । प्रतिष्ठानले विभिन्न मापदण्ड आधारमा छानिएका सामुदायिक विद्यालयमा अध्ययनरत् अपांगता, दलित, अल्पसंख्यक, सीमान्तकृतसहित जेहेनदार तथा आर्थिकरूपले विपन्न परिवारका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरी शिक्षामा पहुँच तथा गुणस्तर अभिवृद्धि गर्ने मानवीय कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि छात्रवृत्ति निर्देशिका तयार पारेको शाक्यले जानकारी दिए ।

प्रतिष्ठानले शैक्षिक सामग्री (कपी, ड्रइङ, कपी, पेन्सिल, डटपेन, ज्योमेट्री बक्स, इरेजर, पेन्सिल कटर, क्रेन कलर, स्कुल व्याग), नगद छात्रवृत्ति (कक्षा ११ र १२ मा अध्ययनरत् छनोट विद्यार्थीलाई वार्षिक ६ हजार) र ज्ञानभूमि ‘शान्तरत्न जेहेनदार छात्रवृत्ति’ (वार्षिक परीक्षामा सर्वोकृष्ट अंक ल्याउने ज्ञानभूमि माविका आधारभूत र मावि तहका एक–एक छात्र र छात्रालाई तह अनुसार १ हजार, २ हजार र ३ हजार गरी कुल १२ हजार) गरी ३ प्रकारका छात्रवृत्ति १ सय ५४ जना विद्यार्थीलाई प्रदान गर्दै आएको शाक्यले बताए ।

मापदण्ड पूरा गरेकाले आवश्यक कागजात र विद्यालयको सिफारिससहित प्रतिष्ठानमा आवेदन दिएपछि छात्रवृत्तिका लागि नाम छनोट गरिने प्रतिष्ठान सचिव इन्द्रकमल मानन्धरले बताइन् ।

छात्रवृत्ति छात्रछात्राको अनुपात बराबर हुने गरिने र एकपटक छानिएका विद्यार्थीलाई विद्यालय छोडे वा अन्तिम परीक्षामा अनुत्तीर्ण भएको अवस्थाबाहेक सो विद्यालयमा कक्षा १२ सम्म अध्ययन गरिञ्जेल निरन्तर छात्रवृत्ति सुविधा प्रदान गरिने प्रतिष्ठान उपाध्यक्ष प्रमिला तझ्याले बताइन् ।

प्रतिष्ठानले छात्रवृत्ति वितरणका लागि १ करोडको मुद्दति खाता खोली अक्षयकोष स्थापना गरिएको छ ।

कक्षा १ देखि १० सम्मका १ सय ८ जना विद्यार्थीलाई शैक्षिक सामग्री वैशाख मसान्तभित्र तथा कक्षा ११ र १२ का ४६ विद्यार्थीलाई नगद छात्रवृत्ति भदौ १७ गते एक कार्यक्रम आयोजना गरी वितरण गरिने प्रतिष्ठानका संस्थापक संरक्षक शाक्यले जनाए । कार्यक्रमको सहजीकरण प्रतिष्ठान अध्यक्ष दीपेन्द्र श्रेष्ठले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा

    आदर्श समाज सम्वाददाता भाद्र २९, २०८१
    पाेखरा, २९ भदौ । पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लि.को छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार पोखरा न्यूरोडस्थित पाल्पा…
  • पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी

    आदर्श समाज सम्वाददाता भाद्र २९, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन अन्तर्गत शनिबार नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदैछ । शुक्रबार पोखराका मेयर…
  • डेभिज फल सहकारीको १३ औं वार्षिक साधारणसभा

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा, २८ भदौ । डेभिज फल बचत तथा ऋण सहकारी संस्था लि., पोखरा–१७ को १३ आौं वार्षिक साधारण सभा शुक्रबार…
  • लक्ष्मी विद्या पदक प्रदान

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा । कास्कीका विभिन्न क्याम्पसबाट व्यवस्थापन संकायअन्तर्गत विभिन्न तहमा उत्कृष्ट हुने विद्यार्थीलाई ‘लक्ष्मी विद्या पदक’ द्वारा सम्मान गरिएको छ ।…
  • सुनास कास्कीमा सिरोज

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा । सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीमा सिरोज कोइराला अध्यक्षमा निर्विरोध निर्वाचित भए । शुक्रबार संस्थाको १८ औं वार्षिक…

hero news full width