पोखरा । नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरा–५ ले पाठेघरसम्बन्धी स्वास्थ्य शिक्षा कार्यक्रम आयोजना ग¥यो । कार्यक्रममा सहभागी करिब १ सय ५० जना महिलालाई वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. चण्डिका पण्डित न्यौपानेले प्रशिक्षण दिएकी थिइन् ।
उनले महिलाका पाठेघर अत्यन्तै संवेदनशील अंग भएको भन्दै यसको हेरचाहमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘अझै पनि कतिपय महिला पाठेघरका समस्याका बारेमा बोल्न खोज्दैनन्, यसले स्वयं व्यक्तिको जीवन नै धरापमा परिरहेको छ ।’
विश्वमा हरेक ७८ जना महिलामध्ये १ जनामा पाठेघरको मुखको क्यान्सर हुने गरेको तथ्यांकबारे उनले जानकारी गराइन् । यस्तै पाठेघरको क्यान्सर भएका हरेक १ सय ८ जनामा १ जनाको ज्यान जाने गरेको भन्दै उनले सबै महिला पाठेघरको क्यान्सरको जोखिममा रहेको उल्लेख गरिन् ।
पाठेघरको क्यान्सर भएका महिलामध्ये ९० प्रतिशत महिला ४० वर्षभन्दा बढी उमेरका रहेको डा. न्यौपानेले जानकारी दिइन् । उनका अनुसार ६० वर्षमाथिका महिलामा यो समस्या अत्यधिक छ ।
विश्वभरमा महिलामा हुने क्यान्सरमध्ये पाठेघरको क्यान्सर पाँचौंं स्थानमा आउने भए पनि नेपालमा पाठेघरको क्यान्सर पहिलो नम्बरमै आएको उनले सुनाइन् । विश्वमा हरेक वर्ष ५ लाख महिलामा पाठेघरको मुखको क्यान्सर हुने गरेको र २ लाख महिलाको मृत्यु हुने गरेको उनले बताइन् ।
यसअघि कार्यक्रम उद्घाटन गर्दैै पोखरा ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले पाठेघरसम्बन्धी स्वास्थ्य शिक्षा कार्यक्रम आयोजना गरेर निकै सरानीय काम गरेको बताए । उनले प्रशिक्षणले पाठेघरको समस्या न्यूनीकरणमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । आगामी दिनमा यस्ता कार्यक्रममा वडा कार्यालयले साथ दिने उनले प्रतिबद्धता जनाए ।
नेपाल रेडक्रस सोसाइटी कास्कीका उपसभापति धर्मराज अधिकारीले उपशाखाले पाठेघरसम्बन्धी स्वास्थ्य शिक्षा कार्यक्रम आयोजना गरेर निकै राम्रो काम गरेको भन्दै प्रशंसा गरे । उनले महिलाले तालिम लिने काम मात्र नगरेर तालिममा सिकेका कुरा व्यवहारमै लागु गर्न आवश्यक रहेको बताए ।
पोखरा महानगरपालिकाकी कार्यपालिका सदस्य एवं वडा सदस्य हरिमाया विकले पाठेघरको क्यान्सर प्राणघातक रोग भएकाले लुकाएर राख्न नहुने भन्दै यसतर्फ बेलैमा सचेत हुन आवश्यक रहेको बताइन् ।
वडासदस्य कल्पना क्षेत्रीले महिलामा हुने पाठेघरको समस्या सबैभन्दा ठूलो रोग भएको भन्दै बेलैमा उपचार गर्न सकिए मृत्युको मुखबाट बच्न सकिने बताइन् ।
कार्यक्रम संयोजक एवं संस्थाकी सदस्य सावित्रा कोइरालाले पाठेघरको समस्या बढिरहेको सन्दर्भमा आयोजित कार्यक्रम महत्वपूर्ण हुने दाबी गरिन् । उनले आगामी दिनमा पनि यस्ता किसिमका कार्यक्रम आयोजना गर्दै जाने बताइन् ।
रेडक्रम उपशाखा सभापति राजु सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा रेडक्रस सिद्धान्त वाचन नेत्रमाया अधिकारीले गरेकी थिइन् भने सचिव केशव कोइरालाले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’
पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी
विमला भण्डारी बनिन् गण्डकीको पहिलो प्रेस रजिष्ट्रार
किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा
प्याराग्लाइडिङमा सोलो उडान माग
hero news full width
मुख्य समाचार
पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा
लक्ष्मी विद्या पदक प्रदान
भाद्र २८, २०८१‘रमाउन नसक्नेले राजनीति नगर्नू’
भाद्र २८, २०८१ढाकाकुमार पक्राउ
भाद्र २७, २०८१शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस एवं १६ औं साधारणसभा
भाद्र २७, २०८१पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने
भाद्र २७, २०८१