राष्ट्रपति र मन्त्रीसँग कास्की कांग्रेसको भेट

आदर्श समाज सम्वाददाता
श्रावण २१, २०८१
Healt Ministry

पोखरा । नेपाली कांग्रेस कास्कीले राष्ट्रपति र संघीय सरकारका मन्त्रीसँग भेटघाट तथा छलफल गरेको छ ।

कास्की कांग्रेसले राष्ट्रपतिसहित मन्त्रीहरूसँग भेटघाट र छलफल गरी कास्कीको आवश्यकताबारे जानकारी गराएको कास्की कांग्रेसका सहसचिव नवीन सिग्देलले जानकारी दिए ।

कास्की कांग्रेसका सभापति किशोरदत्त बरालको नेत्तृत्वमा राजधानी गएको टोलीले कास्कीको सन्दर्भमा अन्तर्राष्ष्ट्रिय विमानस्थलसहित पर्यटन, स्वास्थ्य, शिक्षा, कृषि, विकास र बढ्दो महँगीबारेमा मन्त्रीहरूको ध्यानार्षण गराएको थियो ।

‘मन्त्रीहरूसँगको भेटघाट र छलफल निकै प्रभावकारी रह्यो, कास्कीको आवश्यकताबारे सरकारको ध्यानाकर्षण पनि गरायौं,’ सभापति बरालले भने, ‘भेटघाट र छलफलले निकट भविष्यमा उपलब्धि प्राप्त गर्नेमा आशावादी छौं ।’

नेपाली कांग्रेसका सहमहामन्त्री जीवनज परियार, केन्द्रीय सदस्य शारदा पौडेल, गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्री बिन्दुकुमार थापा, नेता सोभियत बहादुर अधिकारी, आनन्दराज मुल्मी लगायतको टोलीले टोलीले अर्थ, गृह, स्वास्थ्य, शिक्षा, पर्यटन, परराष्ट्र, उद्योग, सहरी विकास मन्त्रीसँग भेटघाट र छलफल गरेको थियो ।

Related News

सम्बन्धित समाचार

  • ‘रमाउन नसक्नेले राजनीति नगर्नू’

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा । नेपाली कांग्रेसका नेता डा. सशांक कोइरालाले राजनीति रमाउनेहरुको लागि मात्रै उचित हुने बताएका छन् । उनले रमाउन नसक्ने…
  • प्रजातान्त्रिक आन्दोलनमा योगदान दिने सम्मानित

    आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१
    पोखरा । १११ औं बिपी जयन्ती अवसरमा बिपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान दिएकोमा ११ जनालाई बुधबार…
  • अनेरास्ववियु (क्रान्तिकारी) गण्डकीमा त्रिदीप

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । अनेरास्ववियु (क्रान्तिकारी) गण्डकी प्रदेशको अध्यक्षमा त्रिदीप गुरुङ निर्वाचित भएका छन् । पोखरामा भएको दोस्रो प्रदेश सम्मेलनमा नयाँ नेतृत्व…
  • धनराज भन्छन्–छानबिनमा सघाउँछु

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । सहकारी ठगीमा अनुसन्धान गर्न माग गर्दै नेपाली कांग्रेस उपसभापति तथा पूर्व कानूनमन्त्री धनराज गुरुङविरुद्ध सीआइबीमा उजुरी परेको छ…
  • मादी १२ मा कांग्रेसको क्रियाशील सदस्यता वितरण

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । नेपाली कांग्रेसद्वारा कास्कीका ७२ वटै वडामा एउटै समयमा पार्टीको क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत मादी–१२ मा सोमबार क्रियाशील सदस्यता…

hero news full width