ग्रीन बैंकको खुद नाफा ३ करोड ८६ लाख

आदर्श समाज सम्वाददाता
श्रावण २१, २०८१
Green Bank

पोखरा । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले २०८०/८१ आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशन साउन १८ गते गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।

२०८०/८१ आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज अघिल्लो आर्थिक वर्षको तुलनामा कम भएको हुदा बैंकको खुद नाफा बढेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.१०प्रतिशत बढेको छ र खुद फि तथा कमिसन आम्दानी पनि १९.९१ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ३९.८६ प्रतिशत बढेको छ ।

बैंकको निष्क्रिय कर्जा ३.१८ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज २ करोड ८९ लाख पुगेको छ । जसका कारण बैंकको सञ्चालन मुनाफा १२१.२२ प्रतिशत बढेको हुदा खुद नाफा पनि १ करोड ६४ लाखबाट बढेर ३ करोड ८६ लाख सम्म पुगेको छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ १८ पैसा बढेर ७ रुपैयाँ १८ पैसामा पुगेको छ ।

असार मसान्तसम्म ३ करोड १२ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको यस विकास बैंकको वितरणयोग्य प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७९ पैसा रहेको छ । सो अवधिसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ २३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६८.३८ गुणा रहेको छ । ५३ करोड ८७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ८ करोड ७५ लाख रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ४ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • ग्रिन बैंकको वार्षिकोत्सवमा रक्तदान

    आदर्श समाज सम्वाददाता भाद्र ९, २०८१
    पोखरा । ग्रिन डेभलपमेन्ट बैंकको १२ औं वार्षिकोत्सव अवसरमा बैंक र लायन्स क्लब अफ पोखरा भद्रकाली आयोजनामा आइतबार रक्तदान कार्यक्रम…
  • ‘नबिल दिगो पाइला’ वाकाथन

    आदर्श समाज सम्वाददाता श्रावण १३, २०८१
    पोखरा । नबिल बैंकको ४०औं वार्षिकोत्सवको सन्दर्भमा गण्डकी प्रदेश कार्यालयले ‘नबिल दिगो पाइला’ वाकाथन कार्यक्रम गरेको छ । दिगो भविष्यको…
  • कास्कीमा बढ्दै बैंकिङ कसूर

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीमा गत आर्थिक वर्ष २०८०/०८१ मा दर्ता भएका उजुरीमध्ये सर्वाधिक उजुरी बैंकिङ कसूरसम्बन्धी छन् ।…
  • मानव सेवा आश्रमलाई नबिल बैंकद्वारा उद्धार बाहन

    आदर्श समाज सम्वाददाता असार २७, २०८१
    पोखरा । नबिल बैंक लिमिटेडले काठमाडौंको बोहोराटारस्थित मानव सेवा आश्रमलाई २ वटा उद्धार बाहन सहयोग गरेको छ । बैंक अध्यक्ष…
  • गुहेश्वरी मर्चेन्टको वित्तीय साक्षरता

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले ललितपुर जिल्लाको ललितपुर मनपा १३ मा अवस्थित सामुदायिक विद्यालय महेन्द्र भृकुटी माध्यमिक विद्यालयमा…

hero news full width