पोखरा, २० साउन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षामा हाम्रो होइन, राम्रो मान्छेले नेतृत्व गर्ने परिपाटी बसाल्नुपर्नेमा जोड दिएकी हुन् । मन्त्री नियुक्तपछि पहिलो पल्ट पोखरा आएकी उनले आइतबार यहाँ आयोजित एक कार्यक्रममा सो कुरामा जोड दिएकी हुन् ।
उनले हाम्रा विश्वविद्यालय र शिक्षा सक्षम र सबल छन् भन्ने सन्देश निर्माणमा लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।
जिल्ला समन्वय समिति कास्कीले आफ्नो सातौं स्थापना दिवसको उद्घाटन गर्दै उनले शिक्षा क्षेत्रका दसकौंदेखि विकृति समाधान गर्ने गरी आफ्नोतर्फबाट नीतिगत ब्यवस्था बनाउँदै शिक्षालाई राज्यको दायित्व हो भनेर कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
प्रस्तावित शिक्षा ऐन परिमार्जन सहित जारी गर्ने संकेत गर्दै मन्त्री भट्टराईले ऐनको प्रभावकारी कार्यान्वयन मार्फत समस्या समाधानमा केन्द्रित हुने उल्लेख्य गरिन् ।
जिल्ला समन्वय समितिका काम थप प्रभावकारी बनाउन आफ्नो तवरबाट प्रयत्नशील रहने भन्दै नीतिगत अप्ठ्यारो हटाउन सरकारको ध्यानाकर्षण गराउने उल्लेख गरिन् । विकास निर्माणलाई उत्कृष्ट बनाउन जिल्ला समन्वय समिति अति आवश्यक भएको भन्दै आवश्यक ऐन, कानुन, नीति निर्माणमा आफ्नो ध्यानाकर्षण भएको भन्दै सरोकारवाला मन्त्रालयलाई जानकारी गराउने बताइन् ।
जिल्ला समन्वय समिति कास्कीले आफ्नो सातौं स्थापना दिवस
जिसस कास्की प्रमुख लीलाधार पौडेलले संवैधानिक ब्यवस्था अनुसार थप मजबुत कार्य सम्पादनमा कानुन अभाव महत्वपूर्ण अप्ठ्यारो भएको उल्लेख्य गर्दै यसबारेमा संघ र प्रदेश सरकारको पटकपटक ध्यानाकर्षण गराएको बताए । संविधानमा विद्यमान ब्यबस्थाबाट उत्कृष्ट कार्य सम्पादनमा आफूहरू प्रयत्नशील रहेको उनको भनाइ थियो ।
संघीयतामा जिल्ला समन्वय समितिको भूमिका बिषयक कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता गिरिधारी सुवेदीले संघीयता प्रभावशाली बनाउन जिससलाई बलियो अनुगमनकारी र नियामक निकायको रूपमा स्थापित गर्नुपर्ने, संघ सरकार र प्रदेशले संविधान बमोजिम बनाउनु पर्ने कानुन नबनाउँदा जिससको काम प्रभावकारी हुन नसकेको उल्लेख गरे ।
जिससले जिल्लाका उत्कृष्ट कर्मचारी तथा एसइईमा उत्कृष्ट हुने विद्यार्थी, विद्यालयहरूलाई नगद र कदरपत्रले सम्मान समेत गरेको छ ।
सम्मानित हुने कर्मचारीहरूमा अन्नपूर्ण गाउँपालिकाका कार्यालय सहयोगी ओमप्रसाद अधिकारी, रूपा गाउँपालिकाका लेखापाल लेखनाथ अधिकारी, मादीका जनस्वास्थ्य अधिकृत गोपालचन्द्र बराल, पोखरा महानगरका शाखा अधिकृत खुमलाल लामिछने, माछापुच्छ्रेका कार्यालय सहयोगी ईश्वरी रानाभाट, विद्यार्थीतर्फ अन्नपूर्णका प्रवीण कँुवर, माछापुच्छ्रेका पर्वत दाहाल र सौगात रेग्मी, मादीका रेजिना विश्वकर्मा, रूपाका आभार पौडेल, पोखराका अनन्या गौतम र निलिमा रेग्मी, विद्यालयतर्फ अन्नपूर्णको सृजना मावि, माछापुच्छ्रको माछापुच्छ्रे मावि, मादीको ध्रुव मावि, रूपाको विश्वशान्ति मावि, पोखराको विन्ध्यवासिनी मावि सम्मानित भए ।
कायर्यक्रमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, जिसस महासंघका केन्द्रिय सदस्य अमरबहादुर थापा, गाउँपालिका महासंघ गण्डकीका अध्यक्ष नवराज ओझा, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, जिसस कास्कीका पूर्व प्रमुख तथा नेकपा एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी, कास्कीका पूर्व जिविस सभापति पुण्यप्रसाद पौडेल, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता तिम्सिना पगेनी, जनता समाजवादी पार्टी कास्कीका अध्यक्ष हर्कबहादुर गुरुङ, नेकपा समाजवादी कास्कीका अध्यक्ष खड्ग हमाल, विभिन्न दलका प्रमुख तथा प्रतिनिधिहरूले शुभकामना मन्तव्य ब्यक्त गरे । कार्यक्रममा जिसस उपप्रमुख सरिता मालले स्वागत र जिल्ला समन्वय अधिकारी नवराज बरालले संचालन गरे ।
Related News
सम्बन्धित समाचार
पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा
पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी
डेभिज फल सहकारीको १३ औं वार्षिक साधारणसभा
लक्ष्मी विद्या पदक प्रदान
सुनास कास्कीमा सिरोज
hero news full width
मुख्य समाचार
‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’
विमला भण्डारी बनिन् गण्डकीको पहिलो प्रेस रजिष्ट्रार
भाद्र २८, २०८१‘रमाउन नसक्नेले राजनीति नगर्नू’
भाद्र २८, २०८१ढाकाकुमार पक्राउ
भाद्र २७, २०८१शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस एवं १६ औं साधारणसभा
भाद्र २७, २०८१पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने
भाद्र २७, २०८१