पोखरा । सद्धर्म सभाको ३४ औं तथा धर्म संघ बुद्ध विहारको ६८ औं वार्षिकोत्सव शनिबार भएको छ ।
सो अवसरमा नयाँ कार्यसमितिको पदस्थापन एवं संस्थाका ज्येष्ठ सदस्य, विद्यार्थी एवं सहयोगीलाई सम्मान गरियो । सम्मानित हुनेमा आजीवन सदस्यद्वय रवीन्द्रमान् बज्राचार्य र पुष्परत्न शाक्य, पूर्व सचिव प्रवीण बुद्धाचार्य, सदस्य सरिता गुभाजु, अंगदानकर्ता रिकेश्ना बुद्धाचार्य छन् । विद्यार्थीतर्फ रिजन बुद्धाचार्य, वैभवमान् बुद्धाचार्य, विशेष शाक्य, देशना बुद्धाचार्य, श्रीबिशा बुद्धाचार्य, प्रशंसा बज्राचार्य, अभिप्सा बुद्धाचार्य, सुस्मिता बज्राचार्य, प्रिजेन्ता शाक्य, अनिशराज शाक्य, रिकेश्ना बद्धाचार्य, सदीक्षा बज्राचार्य, सुविक्षा गुभाजु, प्रसन्नराज शाक्य, साइरस शाक्य र समीर शाक्य सम्मानित भए।
नयाँ कार्यसमितिको पदस्थापन एवं संस्थाका ज्येष्ठ सदस्य, विद्यार्थी एवं सहयोगीलाई सम्मान गरियो
त्यसैगरी, ज्येष्ठ सदस्य शम्भुरत्न शाक्य, फूलु बज्राचार्य, बाबुकाजी बज्राचार्य, तुमलादेवी बुद्धाचार्य, बुद्धलक्ष्मी बज्राचार्य, हिरालाल शाक्य, माणिकरत्न शाक्य सम्मान सम्मानित भए भने विशेष शाक्य र देशना बुद्धाचार्य सद्धर्म सभा प्रतिभा पुरस्कारले पुरस्कृत भए । सभाका सदस्य ईश्वरमान् शाक्य सम्मान समिति संयोजक रहेर भूमिका निर्वाह गरे ।
कार्यक्रम उद्घाटन गर्दै बज्रयान महासंघ नेपालका अध्यक्षसमेत रहेका बज्रयान थेरापिस्ट डा. राजेन्द्रमान् बज्राचार्यले मानव कल्याण सबैभन्दा ठूलो धर्म रहेको बताउँदै त्यसका लागि सद्धर्म सभा तथा धर्म संघ बुद्ध विहारको भूमिका महत्वपूर्ण रहेको बताए । उनले आफूले गरेका कार्यबाट अरुलाई अहित नहोस् भनी हरेक मानिस सजग हुनुपर्नेमा जोड दिँदै बज्रयान तथा महायानको महत्व प्रकाश पारे ।
विश्व शान्ति स्तुपका अध्यक्ष उत्तममान् बुद्धाचार्यले संस्थाले धर्म तथा समाजसेवाको क्षेत्रमा प्रशंसनीय कार्य गरेको स्पष्ट पार्दै सभाबाट एकताको सन्देश गएको धारणा राखे ।
अध्यक्ष तेजेन्द्र शाक्यले सभा सत्यको बाटोमा लाग्ने संस्था भएको धारणा राख्दै संस्थाले धार्मिक, सामाजिक तथा स्वास्थ्यका क्षेत्रमा गतिविधि गर्दै आएको औंल्याए । संस्थाले दृष्टिविहीनका लागि पनि कार्य गरेको जनाउँदै अध्यक्ष शाक्यले पछिल्लो एक वर्षमा भए गरेका कार्यप्रगति सुनाए । उपाध्यक्ष अशोककुमार शाक्यले पोखरामा छरिएर रहेका शाक्य, बुद्धाचार्य तथा बज्राचार्य समुदायको साझा संस्थाका रुपमा सद्धर्भ सभा तथा धर्म संघ बुद्ध विहारलाई विकास गर्न खोजिएको धारणा राख्दै सम्मानित सबैलाई बधाई एवं शुभकामना दिए।
कार्यक्रम सुरुपूर्व धर्म संघ बुद्ध विहारबाट बाजागाजासहित शाक्य समाज भवन नदीपुरसम्म पञ्चबुद्ध एवं कन्यासहित ¥याली निकालियो ।
संस्थाको गत शनिबार अधिवेशनले पुनः तेजेन्द्र शाक्यको अध्यक्षतामा २ वर्षे कार्यकालमा लागि नयाँ समिति गठन गरेको थियो । उपाध्यक्षमा रेवत बज्राचार्य, सचिव सुमन शाक्य, कोषाध्यक्ष विनोद शाक्य, सहसचिव बुद्ध गुभाजु छन् । सदस्यमा ईश्वरमान् शाक्य, ज्ञानु शाक्य, सरिता गुभाजु, सरस्वती बज्राचार्य, विनोदरत्न शाक्य र सुगुन बज्राचार्य सदस्य छनोट भए । अधिवेशनले अनिल शाक्य र भुवनराज बज्राचार्यलाई मनोनीत सदस्य, बुद्धिमान् बज्राचार्य र पञ्चकुमार बज्राचार्यलाई सम्मानित सदस्य (गुरुजू) तथा कुलामान् बुद्धाचार्य, तेजमान् बुद्धाचार्य, श्याम शाक्य, मोतिमान् शाक्य र भरतराज शाक्यलाई सल्लाहकार चयन गरेको छ । प्रदीप बज्राचार्य निर्वाचन संयोजक रहेको समितिले सर्वसम्मतरुपमा नेतृत्व चयन गरेको हो ।
२०१३ सालमा धर्म संघ बुद्ध विहारको स्थापना भएको हो । जसलाई समयअनुकूल सञ्चालन गर्ने उद्देश्यले २०४८ मा धर्म संघ बुद्ध विहारकै स्वामित्व रहने गरी सद्धर्म सभा गठन गरी जिल्ला प्रशासनमा दर्ता गरिएको हो । संस्थाले हाल धार्मिक, सामाजिक तथा स्वास्थ्यका क्षेत्रमा गतिविधि गर्दै आएको छ । त्यस्तै, गक्षअनुसार आर्थिक एवं दृष्टिविहीनलाई सहयोग पनि गर्दै आएको छ ।
सद्धर्म सभा तथा धर्म संघ बुद्ध विहारका अध्यक्ष तेजेन्द्र शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रवीण बुद्धाचार्य नेतृत्वको समूहले स्वागत गान, सुमन शाक्य नेतृत्वको समूहले स्वागत नृत्य, उपाध्यक्ष अशोककुमार शक्यले स्वागत मन्तव्य तथा सचिव रेवत बज्राचार्यले कार्यक्रम सञ्चालन गरे ।
Related News
सम्बन्धित समाचार
साढे ६ करोडमा भवन, कर चुक्ता नहुँदा सर्न मिलेन
हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा
सदस्यता नदिएकोमा कास्कीमा विरोध
भागवत् वाचन प्रतियोगिता
प्रथम पर्वतीय दौडमा अनलाइनबाटै दर्ता
hero news full width
मुख्य समाचार
पोखरामा कर्मचारी सञ्चय कोषको ६३ औं वार्षिकोत्सव मनाइयो
प्रेस रजिष्ट्रार विमला भण्डारीको शपथ
भाद्र ३१, २०८१मदरल्याण्ड र विन्ध्यवासिनी उत्कृष्ट
भाद्र ३०, २०८१पोखरा उद्योग वाणिज्य संघमा गोकर्ण निर्वाचित
भाद्र ३०, २०८१डिएलए कास्कीमा शर्मा
भाद्र २९, २०८१पोउवा संघमा २२५१ मत खस्यो, मतगणना आइतबारदेखि
भाद्र २९, २०८१