न्यू मोडलमा नयाँ विद्यार्थीको स्वागत

आदर्श समाज सम्वाददाता
श्रावण १९, २०८१
New Model

पोखरा । न्यू मोडल माध्यमिक विद्यालय, पोखरा–८, नागढुंगामा कक्षा ११ मा म्यानेज्मेन्ट तथा होटेल म्यानेजमेन्टमा भर्ना भएका नयाँ विद्यार्थीको सम्मानमा स्वागत कार्यक्रम गरिएको छ ।

विद्यालय प्राचार्य भेषराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा २०७९ सालको कक्षा १२ मा सो विद्यालयबाट म्यानेज्मेन्टमा जिल्ला प्रथम छात्रा तुलसी खत्रीले विशेष सम्बोधन गरेकी थिइन् । उनले सफल बन्न निरन्तर अभ्यास, सकारात्मक सोच साथ अनुशासन अपरिहार्य हुने बताइन् ।

विद्यालय निर्देशक भरतराज गौतमले देशका विभिन्न भूगोलबाट सुनौलो भविष्यको तयारीमा न्यू मोडल रोजेकोमा विद्यार्थीलाई धन्यवाद दिँदै उच्चतम् सफलताको शुभकामना दिए । सहनिर्देशक लक्ष्मण पोखरेल र सहप्राचार्य पदम बस्ताकोटीले विद्यालयले विद्यार्थीलाई पठनपाठनमा सबै सुविधा प्रदान गर्ने जनाउँदै विद्यार्थीको आगामी समय जीवनकै मार्गचित्र तय गर्ने समय भएकोले सदुपयोग गर्न सुझाव दिए ।

कक्षा १२ मा अध्ययनरत् छात्रछात्राले विभिन्न नृत्य, कविता तथा रोचक कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा स्वागत कक्षा १२ की छात्रा विजयिता सिंहले गरेकी थिइन् भने सञ्चालन कक्षा १२ की छात्रा दिया थापाले गरेकी थिइन् । कक्षा ११ का छात्र निकेश भण्डारी र छात्रा छिरिङ डोलकरले कक्षा १२ तथा विद्यालयलाई धन्यवाद ज्ञापन गरे ।

Related News

सम्बन्धित समाचार

  • साढे ६ करोडमा भवन, कर चुक्ता नहुँदा सर्न मिलेन

    आदर्श समाज सम्वाददाता असाेज १, २०८१
    पोखरा । माछापुच्छ्रे ६ का जयलाल दवाडी गाउँपालिकाको प्रशासकीय भवन प्रयोगविहीन भएकोमा चिन्तित छन् । ‘भवन त बनेको देखिन्छ, कार्यालय…
  • हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । नेपाल मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगर राष्ट्रिय भावनाले ओतप्रोत व्यक्तित्व भएको चर्चा गरिएको छ । नेपाल…
  • सदस्यता नदिएकोमा कास्कीमा विरोध

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । गण्डकी प्रदेशकी नवनियुक्त प्रेस रजिस्ट्रार विमला भण्डारीले सोमबार सपथ लिँदा मुख्यमन्त्री कार्यालय बाहिर विरोध भएको छ । कास्कीका…
  • भागवत् वाचन प्रतियोगिता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    लेखनाथ । पोखरा ३२, स्थित राधाकृष्ण मन्दिर, शान्ति आश्रममा भागवत् वाचन प्रतियोगिता सम्पन्न भएको छ । भक्ति गोविन्द भागवत्श्री अध्ययन…
  • प्रथम पर्वतीय दौडमा अनलाइनबाटै दर्ता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । पोखराको पुम्दीभुम्दीमा आगामी १२ असोजमा हुने ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ मा सहभागी हुने धावकले अनलाइनबाटै फारम भरी दर्ता…

hero news full width