गुफा पर्यटकीय विकास समितिमा इन्द्रप्रसाद सुवेदी

आदर्श समाज सम्वाददाता
श्रावण १९, २०८१
Mahendra cave

पोखरा । महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समिति संयोजकमा इन्द्रप्रसाद सुवेदी चयन भएका छन् । विन्ध्यवासिनी माविको संरक्षण, व्यवस्थापन तथा स्वामित्वमा सञ्चालित गुफाको समग्र विकासका लागि विद्यालय व्यवस्थापन समितिले सुवेदीलाई सो जिम्मेवारी दिएको हो ।

समितिको सदस्यमा भरतबहादुर बस्नेत, प्रेम तिमिल्सिना, ओममाया नेपाली, एकबहादुर नेपाली, विनोद पौडेल, मनकला नेपाली, विजय सापकोटा, पदेनसदस्यमा निवर्तमान संयोजक एवं विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य गुरूदत्त भट्टराई, गुफा क्षेत्र संरक्षण तथा सामुदायिक विकास संस्था र समितिको सदस्य सचिवमा शिशिर पौडेल चयन भएका छन् ।

सल्लाहकारमा सुवाषबाबु अधिकारी, गोविन्दबहादुर बस्नेत, यदुनाथ बञ्जरा, पुष्पराज अधिकारी, केशवबहादुर बस्नेत र प्राविधिक सल्लाहकारमा इ. भुवनबहादुर थापा छन् ।

नवनियुक्त संयोजक सुवेदी र सदस्य तथा सल्लाहकारलाई स्वागत गर्दै विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य गुरूदत्त भट्टराईले पोखराको पहिचानका रूपमा रहेका महेन्द्र तथा चमेरे गुफाको समग्र विकासमा समितिले प्रभावकारी भूमिका निर्वाह गर्न सुझाव दिए । संयोजक सुवेदीले सबैको समवन्यमा गुफाको गुरुयोजना अनुरुप यस क्षेत्रको विकासमा ध्यान दिने प्रतिवद्धता जनाए ।

कार्यक्रममा सल्लाहकार गोविन्दबहादुर बस्नेत, यदुनाथ बञ्जरा, पुष्पराज अधिकारी, सदस्य प्रेम तिमिल्सिना, एकराज नेपालीले प्राकृतिक सम्पदाको असर पुग्ने गरी राजमार्ग ल्याउन खोजिएको भन्दै विकल्प खोज्नुपर्ने बताए । प्राविधिक सल्लाहकार इ. भुवनबहादुर थापाले महेन्द्र गुफा बृहत् विकास परियोजनाअन्तर्गत निर्माणाधीन कार्यको जानकारी गराए । सदस्यसचिव पौडेलले पर्यटकलाई आकर्षण गर्नेखालका थप संरचना निर्माणमा जोड दिए । समितिले त्यस क्षेत्रको पर्यटन प्रवद्र्धन र विकासका लागि सरोकारवालासँग छलफल गरी योजना तयार गर्ने जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • साढे ६ करोडमा भवन, कर चुक्ता नहुँदा सर्न मिलेन

    आदर्श समाज सम्वाददाता असाेज १, २०८१
    पोखरा । माछापुच्छ्रे ६ का जयलाल दवाडी गाउँपालिकाको प्रशासकीय भवन प्रयोगविहीन भएकोमा चिन्तित छन् । ‘भवन त बनेको देखिन्छ, कार्यालय…
  • हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । नेपाल मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगर राष्ट्रिय भावनाले ओतप्रोत व्यक्तित्व भएको चर्चा गरिएको छ । नेपाल…
  • सदस्यता नदिएकोमा कास्कीमा विरोध

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । गण्डकी प्रदेशकी नवनियुक्त प्रेस रजिस्ट्रार विमला भण्डारीले सोमबार सपथ लिँदा मुख्यमन्त्री कार्यालय बाहिर विरोध भएको छ । कास्कीका…
  • भागवत् वाचन प्रतियोगिता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    लेखनाथ । पोखरा ३२, स्थित राधाकृष्ण मन्दिर, शान्ति आश्रममा भागवत् वाचन प्रतियोगिता सम्पन्न भएको छ । भक्ति गोविन्द भागवत्श्री अध्ययन…
  • प्रथम पर्वतीय दौडमा अनलाइनबाटै दर्ता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । पोखराको पुम्दीभुम्दीमा आगामी १२ असोजमा हुने ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ मा सहभागी हुने धावकले अनलाइनबाटै फारम भरी दर्ता…

hero news full width