बुद्धिजीवी परिषद्को ‘गण्डकी दर्पण’ विमोचन

आदर्श समाज सम्वाददाता
श्रावण १९, २०८१
Khagraj

पोखरा । नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले अबको सरकार राष्ट्रिय पुँजी निर्माण गर्ने भावना र योजनाका साथ अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल बुद्धिजीवी परिषद् गण्डकी प्रदेश कमिटीद्वारा प्रकाशित ‘गण्डकी दर्पण’ स्मारिका शनिबार पोखरामा विमोचन समारोह बोल्दै उनले सो कुरामा जोड दिएका हुन् । उनले अहिलेको अवस्थामै देश अगाडि बढे देशको अर्थतन्त्र दुर्घटनामा पर्ने भएकोले राष्ट्रिय पुँजी निर्माण आवश्यक पर्ने बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार निर्माण भएपछि देशको अर्थतन्त्रमा सकारात्मक सन्देश देखिएकोले नयाँ आशाको सञ्चार भने गराएको उनको भनाइ थियो । एमाले सरकारमा गएपछि शक्तिसञ्चय गर्दै मिसन–८४ पूरा गर्न सबैले मेहनत गर्नुपर्ने उनले बताए । ‘सरकारले राम्रो काम गर्नुप¥यो, भ्रष्टाचार रोक्नुप¥यो, हाम्रा मन्त्रीहरू विवादित हुनु भएन,’ उनले भने । २ प्रतिस्पर्धीबीचको सहकार्य सानोतिनो चोटमा नहुने भएकोले संयुक्त सरकारका नियममा रहेर उत्कृष्ट कार्य गर्नुपर्ने उनको भनाइ थियो । एमाले अध्यक्ष ओली नेतृत्वमा सरकार निर्माण भएपछि एमालेलाई सिध्याउने योजना बनाएकालाई छटपटी भइरहेको उनको दाबी थियो । पार्टी सदस्यता थप्न र टोलटोलमा पार्टी कमिटी पु¥याउनको लागि नेता तथा कार्यकर्तालाई खट्न उनको आग्रह थियो । ‘२०८४ मा वडादेखि पालिका, प्रदेशदेखि राष्ट्रिय सभासम्म हाम्रो बहुमत आउने गरी लाग्नुपर्छ, त्यसो भए मात्र समाजवादतर्फ यात्रामा जान सक्छौं,’ उनले भने ।

ओलीको नेतृत्वमा सरकार निर्माण भएपछि देशको अर्थतन्त्रमा सकारात्मक सन्देश देखिएको अधिकारीको दाबी

उनले गण्डकीमा सरकारमा एमालेको सहभागिताका विषयमा छलफल भइरहेको बताए । उनले मन्त्रालयको संख्या लगायतका विषयमा कुरा मिल्न बाँकी रहेको र आफूहरु ७ बाट बढाउन नहुने अडानमा रहेको उल्लेख गरे ।
सो अवसरमा प्रादेशिक समृद्धिका लागि योजनाबद्ध विकासका आधार एवं प्राथमिकताहरु सम्बन्धमा परिचर्चा समेत गरिएको थियो । यसको प्रस्तुति गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. श्रीकान्त खतिवडाले राखेका थिए ।

नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष एवं वागमती प्रदेशका सांसद डा. दिनेशचन्द्र देवकोटाले उत्पादनसँग नजोडिएको शिक्षा प्रणालीका कारण अध्ययनको लागि विदेश जानेको संख्या बढेको बताए । देशको विकासमा विभिन्न चुनौती रहेकोले ती चुनौती चिर्दै अगाडि बढ्न सक्नुपर्ने उनको भनाइ थियो ।

‘गण्डकी दर्पण’ को समीक्षा राधाकृष्ण लामिछानेले गरे । कार्यक्रममा एमाले गण्डकी सचिव धनञ्जय दवाडी, एमाले कास्की अध्यक्ष वैनबहादुर अधिकारी क्षत्री लगायतले बोलेका थिए । नेपाल बुद्धिजीवी परिषद् गण्डकी अध्यक्ष प्राडा चन्द्रबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष भोजराज दाहाल र सञ्चालन सचिव बाबुराम केसीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • साढे ६ करोडमा भवन, कर चुक्ता नहुँदा सर्न मिलेन

    आदर्श समाज सम्वाददाता असाेज १, २०८१
    पोखरा । माछापुच्छ्रे ६ का जयलाल दवाडी गाउँपालिकाको प्रशासकीय भवन प्रयोगविहीन भएकोमा चिन्तित छन् । ‘भवन त बनेको देखिन्छ, कार्यालय…
  • हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । नेपाल मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगर राष्ट्रिय भावनाले ओतप्रोत व्यक्तित्व भएको चर्चा गरिएको छ । नेपाल…
  • सदस्यता नदिएकोमा कास्कीमा विरोध

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । गण्डकी प्रदेशकी नवनियुक्त प्रेस रजिस्ट्रार विमला भण्डारीले सोमबार सपथ लिँदा मुख्यमन्त्री कार्यालय बाहिर विरोध भएको छ । कास्कीका…
  • भागवत् वाचन प्रतियोगिता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    लेखनाथ । पोखरा ३२, स्थित राधाकृष्ण मन्दिर, शान्ति आश्रममा भागवत् वाचन प्रतियोगिता सम्पन्न भएको छ । भक्ति गोविन्द भागवत्श्री अध्ययन…
  • प्रथम पर्वतीय दौडमा अनलाइनबाटै दर्ता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । पोखराको पुम्दीभुम्दीमा आगामी १२ असोजमा हुने ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ मा सहभागी हुने धावकले अनलाइनबाटै फारम भरी दर्ता…

hero news full width