सहकारी समस्या समाधान खोज्दै कांग्रेस

आदर्श समाज सम्वाददाता
श्रावण १९, २०८१
Sahakari

पोखरा । नेपालमा सहकारीमा बचत गरेको रकम हिनामिनाको घटना बढ्न थालेको छ । पोखरा क्षेत्रमा पनि केही सहकारीमा यस्तो समस्याले हजारौं बचतकर्ता यतिखेर पीडित छन् । यहाँका शिव शिखर, मित्रमिलन, विन्दवासिनी, प्राइम, सूर्यदर्शन, इमेज र बलिदानी बचत तथा ऋण सहकारी संस्थाका गरी करिब ४० हजार बचतकर्ताको झण्डै ७ अर्ब रुपैयाँ अपचलन भएको बताइएको छ ।

यसैक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश सहकारी विभागले यसबारे सचेतना गराउन शनिबार सहकारी विद्यमान अवस्था, समस्या, चुनौती, अवसर र समाधानका उपायबारे प्रदेशस्तरीय छलफल तथा अन्तरक्रियामा कार्यक्रम गरेको छ । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले सर्वसाधारणले परिश्रम गरेर सहकारीमा जम्मा गरेको पैसा डुब्न नदिने गरी कांगग्रेसले आफ्नो कार्यनीति अगाडि ल्याउनुपर्नेमा जोड दिए । नेता कँडेलले केही खराब सहकारीका कारण सम्पूर्ण सहकारीको बदनाम भएकाले गलत गर्ने सहकारीलाई कारबाही र राम्रो काम गर्नेलाई पुरस्कृत गर्नुपर्ने बताए । सहकारीबाट ऋण लिने व्यक्तिले ऋण नतिरेमा उनीहरुलाई कालोसूचीमा राख्न समेत उनले सुझाव दिए । सहकारीबाट व्यक्ति र राज्यले समृद्धि हासिल गर्न सक्ने भएकाले यस क्षेत्रका विकृति हटाउँदै सहकारीलाई स्थापित गर्नुपर्नेमा जोड दिए । २०१३ सालदेखि नै बिपी कोइरालाको पालामा सहकारीको अवधारण ल्याइएको स्मरण गराउँदै सहकारीमार्फत न्यून आय भएका व्यक्तिहरुको जीवनस्तर उकास्न सकिने बताए । कम पुँजीमा व्यापार तथा अन्य प्रयोजनका लागि ऋण लिने माध्यम सहकारी भएकाले सहकारीलाई धरासायी हुन नहुने तर्क गरे ।

कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले बिपी, प्रजातन्त्र र विपन्न वर्गसँग जोडिएको सहकारी क्षेत्रलाई व्यवस्थित र पारदर्शी बनाउँदै अगाडि बढाउनुपर्नेमा जोड दिए । समाजवादको प्रमुख अंग सहकारी भएकै कारण सहकारीलाई दिगो रुपमा सञ्चालन गर्ने वातावरण सरकारले बनाइदिनुपर्नेमा उनको जोड थियो । गलत गर्ने सहकारीलाई कारबाहीको दायरामा ल्याई सहकारीलाई नियमित अनुगमन गर्ने व्यवस्था सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

कांग्रेस नेता एवं गण्डकी प्रदेशका पूर्व मन्त्री जितप्रसाद आलेले सहकारी उत्पादनसँग नजोडिई शेयरधनीहरु मुनाफा बाँड्ने काममा लाग्दा सहकारी डुब्ने अवस्थामा पुगेको बताए ।

कांग्रेस केन्द्रीय सहकारी विभागका उपप्रमुख भानुभक्त ढकालले समस्याग्रस्त सहकारीका समस्या पहिचान गरी बचतकर्ताको रकम कसरी फिर्ता गर्न सकिन्छ भन्नेबारे प्राधिकरणले काम गर्नुपर्नेमा जोड दिए । सहकारीलाई नियमित अनुगमन नगर्नु र सहकारी आफ्नो कार्यक्षेत्र बाहिर गएर काम गर्दा यस्ता समस्या उत्पन्न भएको उनको तर्क थियो । यतिबेला सदनदेखि सडकसम्म सहकारीका कुरा उठ्ने गरेका छन्, सहकारीका समस्या समाधान गर्न कांग्रेसले सही बाटो अपनाउनुपर्नेमा उनको जोड छ । पोखरा महानगर सहकारी समिति अध्यक्ष रविरमण तिवारीले कार्यपत्र प्रस्तुत गर्दै सहकारीको अहिलेको अवस्था र चुनौतीबारे बताए । सो अवसरमा कांग्रेस नेता माधव बास्तोला, कोपिला रानाभाट, राजेन्द्र पौडेल, सीता गुरुङ लगायत बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • साढे ६ करोडमा भवन, कर चुक्ता नहुँदा सर्न मिलेन

    आदर्श समाज सम्वाददाता असाेज १, २०८१
    पोखरा । माछापुच्छ्रे ६ का जयलाल दवाडी गाउँपालिकाको प्रशासकीय भवन प्रयोगविहीन भएकोमा चिन्तित छन् । ‘भवन त बनेको देखिन्छ, कार्यालय…
  • हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । नेपाल मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगर राष्ट्रिय भावनाले ओतप्रोत व्यक्तित्व भएको चर्चा गरिएको छ । नेपाल…
  • सदस्यता नदिएकोमा कास्कीमा विरोध

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । गण्डकी प्रदेशकी नवनियुक्त प्रेस रजिस्ट्रार विमला भण्डारीले सोमबार सपथ लिँदा मुख्यमन्त्री कार्यालय बाहिर विरोध भएको छ । कास्कीका…
  • भागवत् वाचन प्रतियोगिता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    लेखनाथ । पोखरा ३२, स्थित राधाकृष्ण मन्दिर, शान्ति आश्रममा भागवत् वाचन प्रतियोगिता सम्पन्न भएको छ । भक्ति गोविन्द भागवत्श्री अध्ययन…
  • प्रथम पर्वतीय दौडमा अनलाइनबाटै दर्ता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । पोखराको पुम्दीभुम्दीमा आगामी १२ असोजमा हुने ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ मा सहभागी हुने धावकले अनलाइनबाटै फारम भरी दर्ता…

hero news full width