पठनसंस्कृतिमा बिपीका पुस्तक चर्चा

आदर्श समाज सम्वाददाता
श्रावण १८, २०८१
bp

पोखरा । नेपाली कांग्रेस बिपी स्मृति पुस्तकालय, गण्डकी प्रदेश आयोजनामा पोखरामा शुक्रबार पठनसंस्कृति कार्यक्रमको दोस्रो शृङख्ला सम्पन्न भयो । जसमा बिपी कोइरालाका पुस्तक ‘मोदी आइन्’ र ‘सुम्निमा’ उपन्यासबारे पुस्तक परिचर्चा भयो ।
नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको ४२ औं स्मृति दिवस सन्दर्भ पारेर पार्टीको गण्डकी प्रदेश कार्यालयमा आयोजित समारोहमा पृथ्वीनारायण क्याम्पसका प्राध्यापक डा. नवराज न्यौपानेले ‘मोदी आइन्’ बारे चर्चा गरे ।

यस्तै, अर्का प्राध्यापक डा. भानु शर्मा कँडेलले ‘सुम्निमा’ बारे परिचर्चा गरे । कँडेलका अनुसार ‘सुम्निमा’लाई नेपाली साहित्यमा साँच्चै महत्वपूर्ण कृति मानिने बताए । यसले नेपाली समाजमा प्रकृति र मानवबीचको सम्बन्ध, प्रेम, चाहना, परम्परा र आधुनिकताबीचको टकराव, जातीय पहिचान, व्यक्तिगत बिकास, सामाजिक समानुभूति आदि विषयवस्तुहरुको खोजी गरेको उनको भनाइ छ । सँगसँगै यसले स्पष्ट रूपमा जातीय सद्भावलाई यसको केन्द्रीय विषयवस्तुको रूपमा सम्बोधन गर्नुका साथै कोइरालाको जीवन दर्शन सुम्निमाको चरित्र मार्फत उजागर गरेको बताए । सुम्निमाले व्यक्तिवाद र खुशीको खोजी, स्वच्छन्दतावाद, मानवतावाद, जीवन सिद्धान्त. अरूप्रति समानुभूतिः प्रेम र करुणा परस्पर विरोधीजस्ता देखिने तत्वहरु वायु र माटो, शारीरिक आशक्ति र ज्ञान मार्फत मुक्तिको चाहना जस्ता मानवीय मूल्यहरूबीचको समन्वयलाई पनि बढावा दिएको चर्चा गरे ।

डा. न्यौपानेले ‘मोदी आइन्’ बारे चर्चा गर्दै उक्त कृति बिपीको मुख्य कृति भएको बताए । मोदीआइन्मा महाभारत गीताको पुनर्गठन, बिपीका राजनीतिक र साहित्यिक विचार प्रस्तुत भएको बताए । २०२० माघ १५ देखि १७ सम्म ३ दिनमै यो कृति तयार भएको थियो । जतिबेला बिपी सुन्दरीजल बन्दीगृहमा थिए । पौराणिक र लौकिक आख्यानको संयोजक यहाँ देख्न सकिन्छ । गीता दर्शनको खण्डन गर्दै मानवतावादी तथा जीवनवादी दर्शनको स्थापना, यथेष्ट मात्रामा स्वरैकल्पनाको प्रयोग, यहाँ असल मान्छे बन्नु सन्देश रहेको डा. न्यौपानेले चर्चा गरे ।

नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले ब्यानरमा हस्ताक्षर गरी उद्घाटन गरेको कार्यक्रममा सहभागीले ती उपन्यासबारे विभिन्न विचार प्रस्तुत गरेका थिए । कार्यक्रममा कवि शिव त्रिपाठीले छन्दमा कविता वाचन गरेकाे कांग्रेस गण्डकीका प्रचारप्रसार विभाग प्रमुख रमेश पाैडेलले बताए ।

नेपाली कांग्रेस बिपी स्मृति पुस्तकालय, गण्डकी प्रदेशका अध्यक्ष माधवप्रसाद बास्तोला (मधु) को अध्यक्षतामा भएको कार्यक्रममा स्वागत पुस्तकालय संयोजक प्राडा कुशुमाकर न्यौपाने र सञ्चालन सदस्य कमल सापकोटाले गरेका थिए । संस्थाले विभिन्न सन्दर्भमा पठन संस्कृति कार्यक्रम गर्दै आएको संस्थाका कोषाध्यक्ष शिरोमणि बरालले जनाए।

Related News

सम्बन्धित समाचार

  • पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी

    आदर्श समाज सम्वाददाता भाद्र २९, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन अन्तर्गत शनिबार नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदैछ । शुक्रबार पोखराका मेयर…
  • डेभिज फल सहकारीको १३ औं वार्षिक साधारणसभा

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा, २८ भदौ । डेभिज फल बचत तथा ऋण सहकारी संस्था लि., पोखरा–१७ को १३ आौं वार्षिक साधारण सभा शुक्रबार…
  • लक्ष्मी विद्या पदक प्रदान

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा । कास्कीका विभिन्न क्याम्पसबाट व्यवस्थापन संकायअन्तर्गत विभिन्न तहमा उत्कृष्ट हुने विद्यार्थीलाई ‘लक्ष्मी विद्या पदक’ द्वारा सम्मान गरिएको छ ।…
  • सुनास कास्कीमा सिरोज

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा । सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीमा सिरोज कोइराला अध्यक्षमा निर्विरोध निर्वाचित भए । शुक्रबार संस्थाको १८ औं वार्षिक…
  • पोखरामा अमोडा ई५ डिलक्स र जेको जे६ लन्च

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा । पोखरामा शुक्रबार अमोडा ई५ डिलक्स र अफरोडर एसयूभी जेको जे६ सार्वजनिक गरिएको छ । पोखराका लागि ओमोडा र…

hero news full width