एसओएसका तिवारीको कक्षा १२ मा ३.९६ जिपिए

आदर्श समाज सम्वाददाता
श्रावण १८, २०८१
kushal tiwari sos

पोखरा । पोखराको एसओएसका कुशल तिवारीले कक्षा १२ को नतिजामा सर्वोत्कृष्ट ३.९६ जिपिए ल्याउन सफल भएका छन् ।

पर्वतको कुष्मा १०, पिपलटारीका तिवारीले विज्ञान संकायबाट उत्कृष्ट जिपिए ल्याउन सफल भएका हुन् । यहाँ विज्ञान संकायमा मात्र पढाइ हुन्छ ।

विद्यालयबाट यस वर्ष १ सय ४० जना विद्यार्थीले कक्षा १२ को परीक्षा दिएकामा १ सय ३९ जना उत्तीर्ण भएको प्लस टु इन्चार्ज खगेन्द्र बरालले बताए । तीमध्ये ३.६१ देखि ४.० जिपिएभन्दा ल्याउने ६४ जना, ३.२१ देखि ३.६० जिपिएसम्म ६२ जना, २.८१ देखि ३.२० सम्म ११ जना छन् । १ जनाको २.७३ जिपिए आएको बरालले बताए ।

यहाँ नर्सरीदेखि १२ कक्षासम्म करिब १ हजार विद्यार्थी छन् ।

पोखराको मदरल्याण्डकी सदीक्षा क्षत्रीले पनि उनी समान ३.९६ जिपिए ल्याउन सफल भएकी छन् । कुशल र सदीक्षाको नतिजा नेपालमै सर्वोत्कृष्ट हुन सक्ने विद्यालयको दाबी छ ।

Related News

सम्बन्धित समाचार

  • साढे ६ करोडमा भवन, कर चुक्ता नहुँदा सर्न मिलेन

    आदर्श समाज सम्वाददाता असाेज १, २०८१
    पोखरा । माछापुच्छ्रे ६ का जयलाल दवाडी गाउँपालिकाको प्रशासकीय भवन प्रयोगविहीन भएकोमा चिन्तित छन् । ‘भवन त बनेको देखिन्छ, कार्यालय…
  • हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । नेपाल मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगर राष्ट्रिय भावनाले ओतप्रोत व्यक्तित्व भएको चर्चा गरिएको छ । नेपाल…
  • सदस्यता नदिएकोमा कास्कीमा विरोध

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । गण्डकी प्रदेशकी नवनियुक्त प्रेस रजिस्ट्रार विमला भण्डारीले सोमबार सपथ लिँदा मुख्यमन्त्री कार्यालय बाहिर विरोध भएको छ । कास्कीका…
  • भागवत् वाचन प्रतियोगिता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    लेखनाथ । पोखरा ३२, स्थित राधाकृष्ण मन्दिर, शान्ति आश्रममा भागवत् वाचन प्रतियोगिता सम्पन्न भएको छ । भक्ति गोविन्द भागवत्श्री अध्ययन…
  • प्रथम पर्वतीय दौडमा अनलाइनबाटै दर्ता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । पोखराको पुम्दीभुम्दीमा आगामी १२ असोजमा हुने ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ मा सहभागी हुने धावकले अनलाइनबाटै फारम भरी दर्ता…

hero news full width