पोखरा । लायन्स क्लब अफ पोखरा रानीवन र लेकसाइडको संयुक्त आयोजनामा पोखरा ३२, लामेआहालस्थित राधाकृष्ण वृद्धाश्रममा १ लाख बराबरको खाद्यान्न तथा १५ हजार नगद सहयोग गरिएको छ।
जिएसटी डिस्ट्रिक्ट कोअर्डिनेटर तथा एलसी पोखरा रानीवनका एक्सटेन्सन चेयरपर्सन एमजेएफ लायन जगन्नाथ तिमिल्सिनाको संयोजकत्व एवं लोकसाइड लायन्सका अध्यक्ष धर्मराज थापाको अध्यक्षतामा सो कार्यक्रम भएको हो।
करिब ८० जना ज्येष्ठ नागरिक आश्रित रहेको उक्त आश्रममा आश्रम समितिका अध्यक्ष प्रेम लिगललाई सहयोग हस्तान्तरण गरिएको लायन्स पोखरा रानीवनका अध्यक्ष दीपेन्द्र आचार्यले जानकारी दिए ।
कार्यक्रममा लेकसाइड लायन्सका पूर्व अध्यक्ष कृतिवल्लभ त्रिपाठीले आफ्नो जन्मदिन अवसरमा १० हजार र लायन्स पोखरा रानीवनका अध्यक्ष दीपेन्द्र आचार्यले क्लबतर्फबाट ५ हजार नगद हस्तान्तरण गरे ।
कार्यक्रम संयोजक तिमिल्सिनाले केही हुनेले नहुनेलाई सहयोग गर्नु नै मानव धर्म भएको भन्दै सम्पूर्ण लायनहरुलाई मानव सेवामा लाग्न आह्वान गरे ।
डिस्ट्रिक्ट जिएलटी डिपार्टमेन्ट हेड श्रीकृष्ण श्रेष्ठले पद गहना नभई जिम्मेवारी भएको भन्दै त्यसतर्फ इमानदारपूर्वक लाग्न सुझाव दिए । कार्यक्रम संचालन लेकसाइड क्लबका सचिव कमलबहादुर भुजेलले गरेका थिए ।
कार्यक्रममा रानिवन क्लब अध्यक्ष दीपेन्द्रबहादुर आचार्य, प्रथम उपाध्यक्ष एलिमा थापा, दोस्रो उपाध्यक्ष वीरबहादुर सुनार र सचिव मोहनप्रसाद सुवेदी तथा लेकसाइड क्लबका डिपार्टमेण्ट सेक्रेटरी नवराज अधिकारी, रिजन चेयरपर्सन नवराज अधिकारी, डिपार्टमेण्ट अफिसर कृष्णकुमार श्रेष्ठ लगायतको उपस्थिति थियो।
Related News
सम्बन्धित समाचार
पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा
पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी
डेभिज फल सहकारीको १३ औं वार्षिक साधारणसभा
लक्ष्मी विद्या पदक प्रदान
सुनास कास्कीमा सिरोज
hero news full width
मुख्य समाचार
‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’
विमला भण्डारी बनिन् गण्डकीको पहिलो प्रेस रजिष्ट्रार
भाद्र २८, २०८१‘रमाउन नसक्नेले राजनीति नगर्नू’
भाद्र २८, २०८१ढाकाकुमार पक्राउ
भाद्र २७, २०८१शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस एवं १६ औं साधारणसभा
भाद्र २७, २०८१पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने
भाद्र २७, २०८१