मदरल्याण्डले फेरि टप्यो, कक्षा १२ की सदीक्षाले ल्याइन् ३.९६ जिपिए

आदर्श समाज सम्वाददाता
श्रावण १८, २०८१
motherland sadkishya 2

पोखरा, १८ साउन । मदरल्याण्ड मावि, पोखराले कक्षा १२ को नतिजामा यस वर्ष पनि नेपाल टप गर्न सफल भएको छ ।

शुक्रबार प्रकाशित नतिजामा विज्ञान संकायकी सदीक्षा क्षत्रीले ३.९६ जिपिए ल्याउन सफल भएकी छन् । यो नतिजा देशभरमै सर्वोत्कृष्ट अंक रहेको विद्यालयको दाबी छ । उनी पोखरा-१७ निवासी हुन् । अरु ३ जना विद्यार्थीको ३.९५ जिपिए आएको प्लस टु इन्चार्ज नारायण आचार्यले बताए । विज्ञान संकायका विनम श्रेष्ठ र प्रशील लामिछाने तथा व्यवस्थापन संकायबाट प्रशंसा बरालको ३.९५ जिपिए आएको हो । यस्तै, व्यवस्थापन संकायकै प्रसिम आचार्यले ३.९२ जिपिए ल्याए । पोखराकै अर्को स्कुल एसओएसका कुशल तिवारीको पनि समान ३.९६ जिपिए आएको छ । पर्वतको कुष्मा १० का तिवारीले विज्ञान संकायमा उत्कृष्ट जिपिए ल्याएका हुन्।

गत वर्ष मदरल्याण्डका ३ जना विद्यार्थी नेपालमै टपर भएका थिए । व्यवस्थापन संकायका राजेश पौडेल तथा विज्ञान संकायका जीवन अधिकारी र कृतिका थापाले ३.९६ जिपिए ल्याएपछि विद्यालयले जनही २ लाखसहित पुरस्कृतसमेत गरेको थियो ।

यसपालि देशभर कुल परीक्षार्थीमध्ये ५२ प्रतिशत पास हुँदा मदरल्याण्डले ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको प्राचार्य नारायण बरालले बताए । उनका अनुसार कुल ३ सय ६१ विद्यार्थीले परीक्षा दिएका थिए । विज्ञान संकायका १ सय ९० मध्ये ९८.४२ प्रतिशत र व्यवस्थापनका १ सय ७१ मध्ये ९६.४९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् ।

८१ जनाले ३.६० जिपिएभन्दा माथि, १ सय ४६ जनाले ३.२० देखि ३.६० जिपिएसम्म, ९८ जनाले २.८० देखि ३.२० सम्म, २७ जनाले २.३८ देखि २.८० जिपिए ल्याएका छन्।

२०८० सालको हालै प्रकाशित एसइई नतिजामा समेत मदरल्याण्डकै १० जना विद्यार्थीको सर्वोत्कृष्ट ४.०० जिपिए तथा औषत ३.७९ जिपिए ल्याएपछि देशैभरि चर्चाको विषय बनेको थियो।

Related News

सम्बन्धित समाचार

  • साढे ६ करोडमा भवन, कर चुक्ता नहुँदा सर्न मिलेन

    आदर्श समाज सम्वाददाता असाेज १, २०८१
    पोखरा । माछापुच्छ्रे ६ का जयलाल दवाडी गाउँपालिकाको प्रशासकीय भवन प्रयोगविहीन भएकोमा चिन्तित छन् । ‘भवन त बनेको देखिन्छ, कार्यालय…
  • हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । नेपाल मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगर राष्ट्रिय भावनाले ओतप्रोत व्यक्तित्व भएको चर्चा गरिएको छ । नेपाल…
  • सदस्यता नदिएकोमा कास्कीमा विरोध

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । गण्डकी प्रदेशकी नवनियुक्त प्रेस रजिस्ट्रार विमला भण्डारीले सोमबार सपथ लिँदा मुख्यमन्त्री कार्यालय बाहिर विरोध भएको छ । कास्कीका…
  • भागवत् वाचन प्रतियोगिता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    लेखनाथ । पोखरा ३२, स्थित राधाकृष्ण मन्दिर, शान्ति आश्रममा भागवत् वाचन प्रतियोगिता सम्पन्न भएको छ । भक्ति गोविन्द भागवत्श्री अध्ययन…
  • प्रथम पर्वतीय दौडमा अनलाइनबाटै दर्ता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । पोखराको पुम्दीभुम्दीमा आगामी १२ असोजमा हुने ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ मा सहभागी हुने धावकले अनलाइनबाटै फारम भरी दर्ता…

hero news full width