लोकतन्त्र, मानव अधिकार र कानूनी शासन एकअर्काका परिपूरकः प्रदेश प्रमुख भट्ट

आदर्श समाज सम्वाददाता
श्रावण १८, २०८१
Manav Adhikar Photo (2)

पोखरा, १८ साउन । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले लोकतन्त्र, मानव अधिकार र कानूनी शासन एक अर्काका परिपूरक रहेको बताएका छन् ।
राष्ट्रिय मानवअधिकार आयोग, गण्डकी प्रदेश कार्यालय पोखराले प्रकाशन गरेको प्रदेश कार्यालयको वार्षिक गतिविधि पुस्तिका–२०८०/८१ ग्रहण गर्दै प्रदेश प्रमुख भट्टले आयोगले मानव अधिकारको सम्मान र संरक्षणमा स्थापनाकालदेखि नै महत्वपूर्ण भूमिका सम्पादन गर्दै आइरहेकोमा खुसी व्यक्त गरे ।

‘मानव अधिकार सबैको लागि हो तर विशेषरुपले आवाजविहीन र सीमान्तकृत समुदायको लागि मानव अधिकारको मुद्दाले खास अर्थ राख्दछ । अब हाम्रो मुख्य ध्यान यसै दिशामा केन्द्रित हुनुपर्छ,’ भट्टले भने, ‘मानव अधिकार उल्लंघन सूचकांकमा गण्डकी प्रदेश मध्यम स्थानतिर छ । तर, यस्ता घटना हुनै नदिनेतर्फ हामी सजग हुनुपर्नेछ ।’ उनले राष्ट्रिय मानव अधिकार आयोगको स्वतन्त्रता र स्वायत्ततालाई कतैबाट आँच आउन नदिन सरकार सदैव प्रतिवद्ध रहनुपर्ने भन्दै आयोगलाई भौतिक, साधन र आवश्यक पर्ने बजेट बिनियोजनमा ध्यान दिनुपर्ने पनि बताए ।

राष्ट्रिय मानव अधिकार आयोग जस्ता संवैधानिक आयोगको सिफारिस कार्यान्वयन गर्न प्रतिवद्ध रहनुपर्नेमा पनि भट्टले जोड दिए । आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकार हनन् गर्न नहुने उनको भनाइ छ ।

आयोगको कार्यालय पोखराका प्रमुख प्रमुख नीतु गड्तौलाले प्रदेश प्रमुख भट्टलाई वर्ष पुस्तक हस्तान्तरण गरेकी हुन् । टोलीले कार्यालयको प्रतिवेदन हस्तान्तरणका साथै मानव अधिकारको समसामयिक अवस्थाका बारेमा जानकारी पनि गराएको थियो । टोलीमा मानव अधिकार अधिकृत टंकप्रसाद खनाल, सरोज गौली, लेखा अधिकृत मुक्तिराम सुवेदी, नासु मुकेश घिमिरेलगायत थिए ।

Related News

सम्बन्धित समाचार

  • हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । नेपाल मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगर राष्ट्रिय भावनाले ओतप्रोत व्यक्तित्व भएको चर्चा गरिएको छ । नेपाल…
  • सदस्यता नदिएकोमा कास्कीमा विरोध

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । गण्डकी प्रदेशकी नवनियुक्त प्रेस रजिस्ट्रार विमला भण्डारीले सोमबार सपथ लिँदा मुख्यमन्त्री कार्यालय बाहिर विरोध भएको छ । कास्कीका…
  • भागवत् वाचन प्रतियोगिता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    लेखनाथ । पोखरा ३२, स्थित राधाकृष्ण मन्दिर, शान्ति आश्रममा भागवत् वाचन प्रतियोगिता सम्पन्न भएको छ । भक्ति गोविन्द भागवत्श्री अध्ययन…
  • प्रथम पर्वतीय दौडमा अनलाइनबाटै दर्ता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । पोखराको पुम्दीभुम्दीमा आगामी १२ असोजमा हुने ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ मा सहभागी हुने धावकले अनलाइनबाटै फारम भरी दर्ता…
  • सहारा क्लबलाई अमेरिका बस्ने नेपालीको सहयोग

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । सहारा क्लब पोखराद्वारा सञ्चालित सहारा फुटबल एकेडेमी संचालनार्थ स्थापित अक्षयकोषमा अमेरिका बस्ने नेपालीले सहयोग गरेका छन् । क्लबको…

hero news full width