कक्षा १२ को नतिजा सार्वजनिक, ५२ प्रतिशत उत्तीर्ण

आदर्श समाज सम्वाददाता
श्रावण १८, २०८१
national examination board nepal

पोखरा । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालका अनुसार गत वैशाख १४ देखि २४ गतेसम्म सञ्चालन भएको परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी भएकामा ५२ प्रतिशतमात्र उत्तीर्ण भएको बताए ।

नतिजाअनुसार १ लाख ८७ हजार विद्यार्थी नन्ग्रेडेड भएका छन् । नियमिततर्फ ३ लाख ९० हजार ८ सय ६८ परीक्षार्थी सहभागी रहेकामा २ लाख ३ हजार ८ सय ४७ विद्यार्थी मात्रै उत्तीर्ण भएका हुन् । सबैभन्दा बढी २.८१ देखि ३.२० जिपिए प्राप्त गर्ने विद्यार्थीको संख्या ७८ हजार ७५ रहेको छ । २.४१ देखि २.८० जिपिए प्राप्त गर्ने विद्यार्थीको संख्या ६१ हजार ३६ छ । ३.२१ देखि ३.६० जिपिए प्राप्त गर्ने विद्यार्थीको संख्या ४६ हजार ८ सय ९३ रहेको छ । सबैभन्दा माथिल्लो ३.६१ देखि ४ जिपिए ल्याउने विद्यार्थी ९ हजार ५ सय ९१ छन् । २.१ देखि २.४० जिपिए ल्याउने विद्यार्थीको संख्या ८ हजार २ सय ४० र १.६१ देखि २ जिपिए ल्याउने विद्यार्थीको संख्या १२ जना छन् ।

बोर्डले ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थीलाई १ हजार ५ सय २६ परीक्षा केन्द्र मार्फत परीक्षा सञ्चालन गरेको थियो ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को पूरक परीक्षा भदौ २५ र २६ गते सञ्चालन हुने जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • साढे ६ करोडमा भवन, कर चुक्ता नहुँदा सर्न मिलेन

    आदर्श समाज सम्वाददाता असाेज १, २०८१
    पोखरा । माछापुच्छ्रे ६ का जयलाल दवाडी गाउँपालिकाको प्रशासकीय भवन प्रयोगविहीन भएकोमा चिन्तित छन् । ‘भवन त बनेको देखिन्छ, कार्यालय…
  • हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । नेपाल मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगर राष्ट्रिय भावनाले ओतप्रोत व्यक्तित्व भएको चर्चा गरिएको छ । नेपाल…
  • सदस्यता नदिएकोमा कास्कीमा विरोध

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । गण्डकी प्रदेशकी नवनियुक्त प्रेस रजिस्ट्रार विमला भण्डारीले सोमबार सपथ लिँदा मुख्यमन्त्री कार्यालय बाहिर विरोध भएको छ । कास्कीका…
  • भागवत् वाचन प्रतियोगिता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    लेखनाथ । पोखरा ३२, स्थित राधाकृष्ण मन्दिर, शान्ति आश्रममा भागवत् वाचन प्रतियोगिता सम्पन्न भएको छ । भक्ति गोविन्द भागवत्श्री अध्ययन…
  • प्रथम पर्वतीय दौडमा अनलाइनबाटै दर्ता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । पोखराको पुम्दीभुम्दीमा आगामी १२ असोजमा हुने ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ मा सहभागी हुने धावकले अनलाइनबाटै फारम भरी दर्ता…

hero news full width