विन्ध्येश्वरी आदर्शमा हिज्जे

आदर्श समाज सम्वाददाता
श्रावण १८, २०८१
vindeshwori

पोखरा । विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल, मोहरिया टोलमा माविस्तरीय नेपाली हिज्जे प्रतियोगिता सम्पन्न गरियो ।

हिज्जे कार्यक्रममा धौलागिरि सदनबाट कक्षा १० की छात्रा अनिता बिक, कक्षा ९ का छात्राद्वय ममता गुरुङ, प्रशंसा सुनार प्रथम र अन्नपूर्ण सदनबाट कक्षा १० का छात्र शिशिर तिमिल्सिना, कक्षा ९ का छात्रछात्राद्वय आशिका देवकोटा र शिरिष बुद्धाचार्य द्वितीय भए । हिज्जेकर्ता नेपाली शिक्षिका माया क्षत्री थिइन् ।

विद्यालय प्राचार्य कृष्णकुमार श्रेष्ठ तथा सहप्राचार्य नीलकण्ठ पौडेलले विजेतालाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

कार्यक्रम सञ्चालन अतिरिक्त क्रियाकलाप संयोजक राजु बयलकोटीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • ‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’

    श्रीभद्र पौडेल भाद्र २९, २०८१
    पोखरा । सराङकोट बजारका कृष्ण तिमिल्सिनाले स्थानीय कैलाशेश्वर शिव मन्दिरमा धूपबत्ती गर्न थालेको पनि करिब १४/१५ वर्ष भयो । सुरुका…
  • पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी

    आदर्श समाज सम्वाददाता भाद्र २९, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन अन्तर्गत शनिबार नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदैछ । शुक्रबार पोखराका मेयर…
  • विमला भण्डारी बनिन् गण्डकीको पहिलो प्रेस रजिष्ट्रार

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा । गण्डकी प्रदेशको प्रेस रजिष्ट्रारमा पत्रकार विमला भण्डारी नियुक्त भएकी छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल पत्रकार महासंघ…
  • किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा

    आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१
    पोखरा । निजी स्वास्थ्य संस्थामार्फत किशोरकिशोरी तथा युवालाई गुणस्तरीय परिवार योजनाको सेवा प्रदान गर्न निजी क्षेत्रको परिवार योजना पद्धतिलाई परिमार्जित…
  • प्याराग्लाइडिङमा सोलो उडान माग

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आएसँगै रोकिएको प्याराग्लाइडिङमा सोलो उडान खुला गर्न माग गरिएको छ । नेपाल हवाई खेलकुद…

hero news full width