लमजुङ । मस्र्याङ्दी नदी करिडोरका १४ स्थानीय तहका प्रमुखहरू एकीकृत विकास गर्न सहमत भएका छन् । अन्तरपालिका समन्वय समितिको मस्र्याङ्दी गाउँपालिका–५ स्थित खानीगाउँमा सञ्चालित बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको हो ।
बैठकमा मस्र्याङ्दी नदी करिडोरमा पर्ने ४ जिल्लाहरु मनाङ, लमजुङ, तनहुँ र गोरखाका गरी १४ स्थानीय तहहरूका प्रमुख तथा अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृतहरूले भाग लिएका थिए ।
बैठकले जतिसक्दो छिटो सुन्दरबार नगरपालिकामा विज्ञसहितको बृहत् शैक्षिक गोष्ठी सञ्चालन गर्ने निर्णयसमेत गरेको मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । उनका अनुसार बैठकले करिडोरका पालिकाहरूबीच सहकार्य मजबुद बनाउँदै लैजाने निर्णय गरेको छ । उनले भने, ‘त्यस विषयमा सो क्षेत्रका पालिका प्रमुखहरू सबै सकारात्मक देखिएको, अघिल्लो बैठकले निर्देशन गरे अनुसार शिक्षासम्बन्धी तयार पारेको कार्यपत्र प्रस्तुत गरी सुझावसहित पारित गरेको छ ।’ वर्तमान शिक्षाको अवस्था, चुनौती, समस्या, भावी कार्यदिशा लगायत विषय समेटेर कार्यपत्र तयार पारिएको थियो । बैठकमा सुन्दरबजार नगरपालिकाको संयोजनमा गठित शिक्षा समितिले तयार पारेको कार्यपत्र उपर छलफल गरी सुझावसहित पारित गरेको छ ।
अन्तरपालिका समन्वय समितिका संयोजक एवं भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठीको अध्यक्षतामा बसेको बैठकले मस्र्याङ्दी नदी करिडोरका साझा विकासको अवधारणाका साथ अघि बढ्ने तथा अघिल्लो सहमति कार्यान्वयन गर्ने निर्णय गरेको दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताए । उनका अनुसार सो विषयमा अवगत गराउन प्रधानमन्त्री केपी शर्मा ओली, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र केही महत्वपूर्ण मन्त्रालयका मन्त्रीहरूलाई भेट्ने र करिडोरअन्तर्गत साझा विकासको योजनावद्ध विकासमा निकट भविष्यमै छलफल गर्ने कार्यक्रम तय गरेको छ ।
मस्र्याङ्दी नदी करिडोरका १४ स्थानीय तहका प्रमुखहरू एकीकृत विकास गर्न सहमत भएका हुन्
स्थानीय तहको दिगो र सन्तुलित विकासका लागि यो समन्वय समितिले आर्थिक, सामाजिक, सांस्कृतिक शैक्षिक तथा भौगोलिक विकासका दृष्टिकोणले विद्यमान सम्भावना र चुनौतीको सामूहिक अभ्यास गरी नतिजा हासिल गर्ने उद्देश्य लिएको भानु नगरपालिकाका आनन्दराज त्रिपाठीले बताए । सोही उद्देश्य प्राप्तिका लागि समन्वय समिति गठन गरि काम गर्दै आएको छ । उनले भने, ‘समितिबाट चयन भएका साझा चुनौती र सम्भावनाको वस्तुगत विश्लेषण गरी सामूहिक उद्देश्य प्राप्त गर्न समिति लागिपरेको छ ।’
मस्र्याङ्दी करिडोर समन्वय समितिमा तनहुँको भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, गोरखाको पालुङटार नगरपालिका, गोर्खा नगरपालिका, शहीद लखन गाउँपालिका छन् । यसैगरी, मनाङमा सदरमुकाम चामे गाउँपालिका, नासों गाउँपालिका र ङिस्याङ गाउँपालिका पर्छन् । लमजुङमा राइनास, सुन्दरबजार र बेसिसहर नगरपालिका तथा दोर्दी र मस्र्याङ्दी गाउँपालिका समेत १४ पालिका रहेका छन् । सामूहिक उद्देश्य प्राप्त गर्न अन्तरपालिका समन्वयतात्मक छलफल र बैठकको आयोजना गरिँदै आएको छ । आगामी बैठक कात्तिकमा मनाङको चामेमा बस्नेछ ।
Related News
सम्बन्धित समाचार
माओवादी पहिलोपल्ट प्रमुख प्रतिपक्षी
मन्त्री थापाको १०० दिन
दरबन्दी नहुँदा रोकियो पाँचौ तहका कर्मचारीको बढुवा
संस्कार सिकाउने शिक्षामा केन्द्रित: मन्त्री थापा
गण्डकी सरकारमा एमाले इन, मनाङे आउट
hero news full width
मुख्य समाचार
पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा
‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’
भाद्र २९, २०८१पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी
भाद्र २९, २०८१लक्ष्मी विद्या पदक प्रदान
भाद्र २८, २०८१विमला भण्डारी बनिन् गण्डकीको पहिलो प्रेस रजिष्ट्रार
भाद्र २८, २०८१‘रमाउन नसक्नेले राजनीति नगर्नू’
भाद्र २८, २०८१