जाग्दैछ, माछापुच्छ्रे मोडल ट्रेक

धनबहादुर गुरुङ
श्रावण १८, २०८१
MMT Photo 1

पोखरा । नेपाल आएका विदेशी पर्यटकहरू यहाँका डाँडा र थुम्कामा रमाउन थालेका थिए । उनीहरूको गन्तव्य आधार शिविर र हिमाल नजिक देखिने डाँडा बन्दै थियो । यसका लागि केही भरिया (पोर्टर) र पथप्रदर्शक (गाइड) साथैमा लिएर हप्ता दिनदेखि महिनौंसम्म हिँड्थे । यसका लागि कास्कीको अन्नपूर्ण बेस क्याम्प (एबिसी रुट) चर्चामा थियो ।

अन्नपूर्ण आधार शिविरमा पर्यटक पुगेको देख्दा माछापुच्छ्रे गाउँपालिका ९ (साविक ल्वाङघलेल गाविस) का भक्तबहादुर गुरुङलगायतको टिमलाई आफ्नो क्षेत्रमा पनि पर्यटक भिœयाउने रहर जाग्यो । एबिसी रुट जस्तै आफूहरूले सानोमा भैँसी चराउने खर्कबाट पनि हिमाल नजिकै देखिने भएपछि उनीहरू रुट खोल्न सक्रिय भए ।

२०५९ सालमा १० जना साथी लिएर कोर्चां डाँडासम्म पुगेर सम्भाव्यता अध्ययन गरिएको स्थानीय भक्तबहादुर गुरुङले बताए । त्यसपछि २०६६ सालमा दर्ता गरेर अघि बढेको उनले सम्झिए । ‘त्यो बेला हामी १० जना साथीहरू मिलेर कोर्चां डाँडामा बसेर फोटो भिडियो लिएर सम्भाव्यता अध्ययन गर्‍यौं । त्यसपछि निरन्तर लागिरहेका थियौं,’ उनले भने, ‘२०६६ सालमा गाउँले दाजुभाइ मिलेर दर्ता नै गर्ने भनेर लागियो । त्यो समयमा ट्रेकिङ एजेन्सिज अफ नेपाल (टान) सहयोगमा साविकका ७ वटा गाविस मिलाएर माछापुच्छ«े पर्यटन विकास समिति नाममा दर्ता गरियो ।’ उनी त्यो संस्थाको संस्थापक अध्यक्ष हुन् । तत्कालीन माछापुच्छ्रे, सार्दीखोला, लाहाचोक, घाचोक, ल्वाङघलेल, धिताल र रिभान गाविसले पनि सहयोग गरेको उनले सम्झिए ।

आफ्नो काममा टानले २०६७ सालमा क्याम्प साइट बनाएर साथ दिएको उनले बताए । ‘टानले क्याम्पिङ साइटका रुपमा विकास गर्ने भनेर विभिन्न ५ ठाउँ हिले, खुमै, पिपरलेक, मेश्रम र लल्कामा क्याम्प बनाइएको थियो ।’ २०६८ सालमा आफूले अध्यक्ष पद हस्तान्तरण गरेपछि समितिको काम सेलाएको उनले बताए । त्योबीचमा काम नभएपछि उनी फेरि २०७३ सालमा समिति अध्यक्ष भएर काम गरे ।

त्यो समयमा उनले माछापुच्छ्रे नमुना पैदल मार्ग व्यवस्थापन समिति नाममा सर्किट बनाउने योजना बनाए । जुन सर्किट माछापुच्छ्रे गाउँपालिका १ र ९ मा बनाउने योजना थियो । तर, १ नम्बर वडाले त्यसमा चासो नदेखाएपछि समितिले माछापुच्छ्रे ९, पु्रन्धुदेखि कोर्चां हुँदै सिर्कापाससम्मको पैदल मार्ग बनाए । त्योबीचमा माछापुच्छ्रे १ ले पनि ‘ग्रेट माछापुच्छ्रे ट्रेल’ दर्ता गरेर काम गरिसकेका थिए । उनीहरूले प्रचारप्रसार र प्रवद्र्धन गर्दागर्दै ५ वर्षअघि कोरोनाले काम बिथल्यो । कोरोना मत्थर हुँदै गएपछि पर्यटकले ग्रेट माछापुच्छ्रे ट्रेल (जिएमटी) मा बढी यात्रा गरे । माछापुच्छ्रे मोडल ट्रेक ओझेलमा परेको महसुस हुँदै गयो । जिएमटी (घाचोक–खुमै) मा गएका धेरैजसो पर्यटक खुमैबाटै घाचोक फर्किंदा कोर्चां आझेलमा परेको महसुस गरी पुनः सर्किट ब्यँुताउने गरी त्यो क्षेत्रका व्यवसायीहरू जुटेका छन् ।

यसका लागि माछापुच्छ्रे नमुना पैदल मार्ग व्यवस्थापन समितिले हालै तीनदिने अध्ययन अवलोकन तथा प्रवद्र्धनात्मक कार्यक्रम गरेको छ । समिति अध्यक्ष उत्तम तामाङका अनुसार अब माछापुच्छ्रे नमुना पैदल मार्ग पु्रन्धुबाट सुरु गरी सिर्कापाससम्मको बनाइनेछ । त्यसपछि ग्रेट माछापुच्छ्रे ट्रेलबाट घाचोक हुँदै फर्कन सक्ने उनले बताए । यसरी उक्त पैदल मार्ग प्रचार गरी सर्किटलाई पुनः ब्युँताउने उनको भनाइ छ । ‘पहिले पनि सर्किटकै रुपमा विकास गर्ने भनिएको हो । बीचमा विविध कारणले काम रोकियो । अब पु्रन्धुबाट पैदल सुरु गरी कोर्चां सिर्कापास हुँदै खुमैबाट घाचोक झर्न सकिन्छ,’ उनले भने, ‘यदि घाचोकबाट यात्रा सुरु गरेकाहरूले पनि खुमै हुँदै कोर्चांबाट पु्रन्धु झर्न पनि सक्छन् । जसरी पनि पर्यटकलाई सर्किट पूरा गराऊँ भन्ने उद्देश्य हो ।’ कोर्चां डाँडाको प्रचारप्रसार गर्नु पनि पैदल यात्राको अर्को उद्देश्य रहेको उनले सुनाए । ‘केही पर्यटकहरू घाचोकबाट आएर खुमैबाटै फर्किन्छन् । उनीहरूले कोर्चांको विशेषता नै थाहा पाएका छैनन्, उनले भने, ‘कोर्चां डाँडाबाट ३६० भ्यु देखिन्छ । जहाँबाट २२ हिमालसँगै पोखरा उपत्यका राम्रोसँग नियाल्न सकिन्छ । त्यसैले कोर्चां डाँडाको मज्जा लुट्न पनि सर्किट पूरा गराउने हाम्रो उद्देश्य हो ।’

२० वर्षअघि कोर्चां डाँडासम्म पुगेर सम्भाव्यता अध्ययन गरिएको स्थानीय भक्तबहादुर गुरुङ सम्झिन्छन्

समितिले माछापुच्छ्रे वडा कार्यालय ९, नेपाल पर्यटन बोर्ड र टान पश्चिमाञ्चल च्याप्टर सहयोगमा पैदयात्रा गरेको हो । पैदल यात्रामा पदयात्रा व्यवसायी, पथ प्रदर्शक, स्थानीय पर्यटन व्यवसायी र पत्रकारको सहभागिता थियो । अध्यक्ष तामाङले भने जस्तै उक्त यात्रा प्रुन्धुबाट सुरु भइ माछापुच्छ्रे १, घाचोक पुगेर सर्किट पूरा भएको हो । जसमा नमर्जे खर्क हँुदै मेश्रम डाँडामा पुगेर पहिलो दिन बास बसेको थियो । टोलीले आलांगे झरना, नौढोके पहरा अवलोकन गर्‍यो । त्यसपछि नौढोके पहारा हेर्दै माथि लाग्यो भने मेथाप्रुङमा खाना खाएर मेश्रममा बास बस्न पुग्यो । भोलिपल्ट दोस्रो दिन कोर्चांसम्म पुग्यो । खाना आएर सिर्का पाससम्म पुगेर पुनः कोर्चांमा आएर बास बस्यो । तेस्रो तथा अन्तिम दिन खुमै डाँडाबाट जिएमटीको रुट घाचोक हुँदै यात्रा टुंगिएको तामाङले बताए ।

पदयात्रामा सहभागी रेशम अधिकारीले माछापुच्छ्रे नमुना पैदल मार्ग कोर्चां पुग्ने छोटो रुट भएको बताए । उक्त रुटलाई सर्किटका रुपमा विकास गर्ने हो भने समग्र माछापुच्छ्रे गाउँपालिकाको पर्यटन क्षेत्रको विकास हुने उनको भनाइ थियो । मोडल ट्रेक दोस्रो पटक पुगेको बताउने उनले यो पटकको यात्रामा पैदलमार्गमा धेरै परिवर्तन पाएको सुनाए । ‘यो पदमार्गमा मेरो यो दोस्रो यात्रा हो । पहिलाभन्दा यो पटक ७० प्रतिशत परिवर्तन पाएँ,’ उनले भने, ‘यहाँका पर्यटन व्यवसायीहरू मिलेर बाटोको स्तरोन्नति गर्नुभएको रहेछ । कोर्चांमा कुनै टि हाउस थिएन अहिले बस्न खानका लागि होटल नै बनिसकेको रहेछ । त्यसैले यो पैदल मार्ग धेरै व्यवस्थित भएछ ।’

पथप्रदर्शक पुष्पा पुनले पनि कोर्चां अति नै सुन्दर लागेको प्रतिक्रिया दिइन् । यहाँबाट २२ वटा हिमाल देख्न पाएको खुसी लागेको उनले बताइन् । ‘मैले मनास्लु हिमाल ट्रेकिङमा जाँदा मात्र देखेको थिएँ, अहिले यहीँ कोर्चांबाट देखेँ । यो मात्र नभएर अन्नपूर्ण साउथ–१, २, ३, ४, हिमचुली, मर्दी, फिस्टेल, लमजुङ, बुद्ध, मनास्लु, गणेश हिमाललगायत २२ हिमाल देखियो,’ उनले भनिन्, ‘यसरी ३६० मा लस्करै हिमाल र पोखरा उपत्यका कमै डाँडाबाट देखिन्छ ।’ मोडल ट्रेकबाट जिएमटी वा जिएमटीबाट मोडल ट्रेकको सर्किट पूरा गर्न पर्यटन व्यवसायी र पथप्रदर्शकको सुझाव छ । अझ हिँड्न मन हुनेहरूका लागि कोर्चांबाट सिर्का नयाँ गन्तव्य बन्न सक्नेछ ।

Related News

सम्बन्धित समाचार

  • पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा

    आदर्श समाज सम्वाददाता भाद्र २९, २०८१
    पाेखरा, २९ भदौ । पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लि.को छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार पोखरा न्यूरोडस्थित पाल्पा…
  • पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी

    आदर्श समाज सम्वाददाता भाद्र २९, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन अन्तर्गत शनिबार नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदैछ । शुक्रबार पोखराका मेयर…
  • डेभिज फल सहकारीको १३ औं वार्षिक साधारणसभा

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा, २८ भदौ । डेभिज फल बचत तथा ऋण सहकारी संस्था लि., पोखरा–१७ को १३ आौं वार्षिक साधारण सभा शुक्रबार…
  • लक्ष्मी विद्या पदक प्रदान

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा । कास्कीका विभिन्न क्याम्पसबाट व्यवस्थापन संकायअन्तर्गत विभिन्न तहमा उत्कृष्ट हुने विद्यार्थीलाई ‘लक्ष्मी विद्या पदक’ द्वारा सम्मान गरिएको छ ।…
  • सुनास कास्कीमा सिरोज

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा । सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीमा सिरोज कोइराला अध्यक्षमा निर्विरोध निर्वाचित भए । शुक्रबार संस्थाको १८ औं वार्षिक…

hero news full width