७ सय ६९ किलो गाँजासहित २ पक्राउ

आदर्श समाज सम्वाददाता
श्रावण १५, २०८१
Gaja

नवलपुर । नवलपुर प्रहरीले ठूलो परिणाममा गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।

धादिङबाट नवलपरासी हुँदै भारततर्फ लैजान लागेको अवस्थामा प्रहरीले ७ सय ६९ किलो गाँजासहित गाँजा बोक्न प्रयोग गरिएको एउटा भारतीय ट्रक, कार बरामद गरेको छ । प्रहरीले अन्दाजी १०/१० किलोभन्दा बढीका ७२ पोका गाँजा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार पक्राउ पर्नेमा चिवतन राप्ती २, निवासी ३३ वर्षीय मदन लामा र राप्ती १ निवासी दिनेश भनिने सन्तोष लामालाई पक्राउ गरेको हो ।

प्रहरीले एनएल०१एन ५५४४ नं.को भारतीय नम्बर प्लेटको ठूलो कन्टेनरसहितको ट्रक र पक्राउ परेकोले भाडामा लिएर प्रयोग गरेको प्रदेश ०१–०२६ च ५१५९ नं.को कार पनि नियन्त्रणमा लिएको छ ।

पक्राउ परेकोलाई मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । उनीहरुलाई नवलपुर जिल्ला अदालतमा पेस गरी ३ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक रेग्मीले जनाकारी दिए । घटनामा अन्य पनि संलग्न रहेको आशंकमा प्रहरीले खोजी गरिरहेको जनाएको छ । उनीहरुलाई आइतबार राति करिब २ बजे इलाका प्रहरी कार्यालय रहजरको टोलीले रजहरको हमाल चोकबाट पक्राउ गरेको हो ।

चेकजाँचक्रममा कन्टेनरको क्याविनपट्टिको भित्ता शंकास्पद देखिएपछि क्याविन काटेर चेकजाँच गर्दा कन्टेनरको क्याविनतिरको भागमा अर्को बार अर्थात फल्स बटम बनाएर गाँजा लुकाएर ल्याएको भेटिएको रेग्मीले जानकारी दिए ।

उक्त कन्टेर बिहीबार दिउँसोदेखि चोरमारामा रहेको र मदन लामा र दिनेश लामाले कार लिएर मुग्लिङदेखि नारायणघाट, हेटौंडा र विरगंजसम्म उक्त कन्टेनर खोज्दै हिंडेको उनीहरुले प्रयोग गरेको कारको जिपिएसले देखाएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

उक्त गाँजा बोकेको कन्टेनरको वास्तविक चालक चोरमारामा छोडेर भागेपछि खोज्ने क्रममा उक्त गाँजा बोकेको कन्टेनर सन्तोष र मदनले लिएर चितवनतर्फ जाँदै गर्दा उनीहरुलाई प्रहरीले देवचुलीको हमालचोकबाट पक्राउ गरेको हो । प्रहरीले पक्राउ गर्दा कन्टेनर मदन लामाले चलाउँदै गरेका थिए भने कारका चालक फरार रहेको प्रहरीले जनाएको छ ।

गाँजा कहाँबाट कसरी आयो र यसमा संलग्न व्यक्तिहरूको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । ठूलो मात्रामा लागुऔषध फेला परेपछि यसमा ठूलै गिरोहका संलग्नता हुन सक्ने प्रहरीको अनुमान छ ।

कन्टेनरका वास्तविक चालक र कारचालकको खोजी भैरहेको छ भने पक्राउ परेका २ जनालाई नवलपुर जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।

Related News

सम्बन्धित समाचार

  • ढाकाकुमार पक्राउ

    आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१
    पोखरा, २७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व सांसद ढाकाकुमार श्रेष्ठ लागुऔषध कारोबार कसूरमा पक्राउ परेका छन् ।…
  • श्रीमतीको हत्या

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । पोखरामा आफ्नै श्रीमतीको हत्या अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका १, नौडाँडा…
  • आफ्नै पसलमा आगो लगाउने कारागार चलान

    आदर्श समाज सम्वाददाता भाद्र १४, २०८१
    पोखरा । बिमाको लोभमा आफ्नै पसलमा आगो लगाउने कारागार चलान भएका छन् । शुक्रबार कास्की जिल्ला अदालतको आदेशले उनीहरु कारागार…
  • बाइक मोडिफाइ गर्ने कारबाहीमा

    आदर्श समाज सम्वाददाता भाद्र २, २०८१
    पोखरा, २ भदौ । पर्यटनको राजधानी पोखरामा होहल्ला मच्चाउँदै मोटरसाइकल हुइँक्याउने चालक धमाधम कारबाहीमा परेका छन् । कास्की प्रहरीले ५ दिनभित्रमा…
  • पैसा माग्दा नदिएपछि हत्या

    नवराज पहाडी श्रावण ३१, २०८१
    लमजुङ । गत मंगलबार राति बेसीशहर नगरपालिका–११, हटियाबगैंचा गाउँकी ६२ वर्षीया वृद्धाको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ…

hero news full width