पोखरा । राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिक गायक अध्यक्ष चयन भएका छन् । संस्थाको छैटौं साधारण सभा तथा तेस्रो अधिवेशनले गायकको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
संघ प्रथम उपाध्यक्ष कपिल श्रेष्ठ, द्वितीय उपाध्यक्ष राजन सुवेदी, महिला उपाध्यक्ष गंगा परियार, सचिव प्रकाश रसाइली, कोषाध्यक्ष सोनिया कार्की खत्री, सहसचिव नवीन लामिछाने र सहकोषाध्यक्ष सचिन भट्टराई चयन भए । सदस्यमा सुजित परियार, किसु गुरुङ, रविन नेपाली, सूर्यबहादुर परियार, सुजन परियार, राज बराल, सीता सुवेदी, अनु विक र सागर रुम्बा सर्वसम्मत चयन भए ।
अधिवेशन उद्घाटन गर्दै राष्ट्रिय संगीतकर्मी संघ नेपालका अध्यक्ष प्रकाश कटुवालले संघसंस्थामा आवद्ध हुनु मात्र ठूलो कुरा होइन, संस्थाको हितमा काम गर्न सक्नु पर्ने बताए ।
राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेश अध्यक्ष रामचन्द्र ढकालले गण्डकी प्रदेशका अन्य जिल्लाको तुलनामा कास्की र स्याङ्जा लोकगीतको उर्वरभूमि रहेको समेत बताए ।
संघका केन्द्रीय सदस्य ऋषिराम दाहालले कास्की शाखाको सचिव र अध्यक्ष पदमा रहँदाको अनुभव सुनाए । संस्थाका सल्लाहकार तथा स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण रानाभाटले संघसंस्था संचालनका क्रमका बाधा व्यवधान आउने भएकाले सदस्यहरुले नेतृत्वलाई सधैं सल्लाह सुझाव दिदैं सहयोग पनि गर्नुपर्ने बताए । संघका कावा अध्यक्ष कपिल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कोषाध्यक्ष हरिराज कोइराला र सञ्चालन सचिव सुनिल गायकले गरेका थिए । सो अवसरमा विभिन्न जिल्लाबाट आएका प्रतिनिधिले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
Related News
सम्बन्धित समाचार
कास्की आदर्श समाज कतारले पहिलोपल्ट पोखरामा मनायो तीज
आदर्श समाज (सामाजिक संस्था) को ‘१२ औं खुला तीज गीत प्रतियोगिता’
इन्टरस्कुल व्याण्ड फाइनललाई १० छानिए
व्याण्ड कम्पिटिसनमा १९ स्कुल प्रतिस्पर्धी
लोकसांस्कृतिक संरक्षण समितिमा जगन्नाथ
hero news full width
मुख्य समाचार
पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा
‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’
भाद्र २९, २०८१पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी
भाद्र २९, २०८१लक्ष्मी विद्या पदक प्रदान
भाद्र २८, २०८१विमला भण्डारी बनिन् गण्डकीको पहिलो प्रेस रजिष्ट्रार
भाद्र २८, २०८१‘रमाउन नसक्नेले राजनीति नगर्नू’
भाद्र २८, २०८१