पोखरा । गन्जी लगाएर मन्त्रालय गएको तस्बिरसहित समाचार आएपछि आक्रोशित गण्डकीका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले पत्रकारविरुद्ध दिएको अभिव्यक्तिको कानुनी कारबाही माग गरिएको छ ।
संसदीय पत्रकार मञ्च गण्डकीले सोमबार कावा मुख्यमन्त्री विन्दुकुमार थापालाई भेटेर मन्त्री मनाङेलाई कारबाही मागेको हो । मनाङेले कानून र आचारसंहिताविपरीत हर्कत गरेको र उल्टै पत्रकारमाथि अराजक अभिव्यक्ति दिएको भन्दै तुरुन्त कारबाही हुनुपर्ने अध्यक्ष भरत कोइरालाले बताए ।
मन्त्री मनाङेले अनलाइनखवर डटकमका गण्डकी व्यूरो प्रमुख अमृत सुवेदीलाई ‘कुट्नुपर्ने’ भनी अभिव्यक्ति दिएका हुन् ।
आइतबार यातायात व्यवसायीको आन्दोलनका क्रममा पृथ्वीचोकमा पत्रकार विनाकुमारी थापा र सुरज थापामाथि हातपात भएको थियो । सोही विषयमा प्रतिक्रिया लिने क्रममा मन्त्री मनाङेले ‘सुवेदीलाई कुट्नुपर्नेमा सोझा पत्रकारलाई कुटिएको’ अभिव्यक्ति दिएका हुन् ।
‘उहाँले गर्दै आएका क्रियाकलाप लोकतान्त्रिक व्यवस्थाप्रतिको भद्दा मजाक हो भन्ने हाम्रो ठम्याइ छ,’ ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘नैतिकताको आधारभूत सिद्धान्त समेत पालना नगरी, मन्त्रीले पदीय मर्यादाको ख्यालै नगरी भित्रीवस्त्र मात्र लगाएर मन्त्रालयको कुर्सीमा बस्नु आफैँ अशोभनीय कार्य हो ।’ पदीय मर्यादामा मन्त्री आफैँ सचेत हुनुपर्नेमा आचारसंहिताको समेत ख्याल नगरिएको विज्ञप्तिमा उल्लेख छ । गण्डकी प्रदेश सरकारले २०७४ चैत १२ मा मन्त्रिपरिषद्का सदस्यले पालना गर्नुपर्ने आचारसंहिता मन्त्रिपरिषद्बाट जारी गरेको छ । ‘मन्त्रालयमा अभद्र शैलीमा उपस्थित भएको तस्बिरसहितको समाचार लेख्ने पत्रकारको नाम नै किटेर मन्त्रीले दिएको अभिव्यक्तिले हामी पत्रकारलाई त्रसित बनाएको छ,’ विज्ञप्तिमा छ, ‘उहाँले दिनुभएको अभिव्यक्ति स्वतन्त्र प्रेसमाथिको नाङ्गो हस्तक्षेप हो भन्ने हाम्रो ठहर छ । गैरजिम्मेवार अभिव्यक्ति दिने मन्त्रीलाई कारबाही गर्न सरकारसमक्ष माग गर्दछौं ।’ ज्ञापनपत्र बुझाउने क्रममा गण्डकी प्रदेशका सदस्य भीम कार्कीको पनि उपस्थिति थियो ।
आइतबार नै नेपाल पत्रकार महासंघ तथा विभिन्न संघसंगठनले पनि विज्ञप्ति जारी गरी उक्त घटनाको निन्दा गर्दै प्रेस स्वतन्त्रताको माग गरेका छन् ।
Related News
सम्बन्धित समाचार
माओवादी पहिलोपल्ट प्रमुख प्रतिपक्षी
मन्त्री थापाको १०० दिन
दरबन्दी नहुँदा रोकियो पाँचौ तहका कर्मचारीको बढुवा
संस्कार सिकाउने शिक्षामा केन्द्रित: मन्त्री थापा
गण्डकी सरकारमा एमाले इन, मनाङे आउट
hero news full width
मुख्य समाचार
पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा
‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’
भाद्र २९, २०८१पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी
भाद्र २९, २०८१लक्ष्मी विद्या पदक प्रदान
भाद्र २८, २०८१विमला भण्डारी बनिन् गण्डकीको पहिलो प्रेस रजिष्ट्रार
भाद्र २८, २०८१‘रमाउन नसक्नेले राजनीति नगर्नू’
भाद्र २८, २०८१