स्याङ्जा, २२ असार । जिल्ला बार एसोसिएसन स्याङ्जाको २६ औं अधिवेशनले अधिवक्ता तुलसी गिरीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । उनी चौथो कार्यकालका लागि अध्यक्ष दोहोरिएका हुन् ।
समिति उपाध्यक्षमा संगीता नेपाली, सचिवमा युगनारायण श्रेष्ठ, कोषाध्यक्षमा दीर्घनारायण मरासिनी निर्वाचित भए । सदस्यमा विश्वराज मरासिनी, विष्णुप्रसाद पोखरेल, रामेश्वर रेग्मी, हरिप्रसाद रेग्मी, पमनारायण अर्याल, पारशमणि पाण्डे, नारायणप्रसाद तिवारी, श्यामप्रसाद श्रेष्ठ, प्रकाश अर्याल, नारायणप्रसाद कोइराला, एकबहादुर कुमाल रहेको निर्वाचन समितिका संयोजक स्याङ्जा जिल्ला अदालतका स्रेस्तेदार भूमिप्रसाद शर्माले बताए । केन्द्रीय पार्षदमा चन्द्रबहादुर केसी, टंकप्रसाद न्यौपाने, श्यामकाजी अधिकारी र नारायणप्रसाद रेग्मी चयन भए ।
जिल्ला न्यायधीश बासुदेव पौडेलले नवनिर्वाचित समितिलाई प्रमाणपत्र हस्तान्तरणसहित बधाई दिए । उनले जिल्ला अदालत गतिशील बनाउन कानुन व्यवसायीहरुको महत्वपूर्ण भूमिका रहने बताए । सहमतिद्वारा नेतृत्व चयन गर्ने बारको राम्रो अभ्यासलाई सबैले सिको गर्नुपर्ने जनाउँदै बार र बेन्चबीचको सहकार्य र समन्वयले न्याय निरुपणमा सफलता मिल्नेमा जोड दिए ।
नवनिर्वाचित अध्यक्ष गिरीले कानुन व्यवसायीका मत र विश्वास कायम राख्दै कानुन व्यवसायीका क्षमता अभिवृद्धि, समयानुकूल ऐन, कानुनबारे प्रशिक्षण, बार भवन निर्माण लगायत कानुन व्यवसायीका हकहित र अधिकारका पक्षमा काम गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा निवर्तमान अध्यक्ष चन्द्रबहादुर केसीले नवनिर्वाचित अध्यक्ष तुलसी गिरीलाई माइन्युट हस्तान्तरण गर्दै कार्यसफलताको शुभकामना दिए ।
अधिवेशनको बन्दसत्रमा अध्यक्ष चन्द्रबहादुर केसी, सचिव प्रकाश अर्याल र कोषाध्यक्ष दीर्घनारायण मरासिनीले सांगठनिक, वार्षिक एवं आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । जिल्ला बारमा हाल ५७ सदस्य छन् । यो २०२८ सालमा स्थापना भएको हो ।
Related News
सम्बन्धित समाचार
पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा
पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी
डेभिज फल सहकारीको १३ औं वार्षिक साधारणसभा
लक्ष्मी विद्या पदक प्रदान
सुनास कास्कीमा सिरोज
hero news full width
मुख्य समाचार
‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’
विमला भण्डारी बनिन् गण्डकीको पहिलो प्रेस रजिष्ट्रार
भाद्र २८, २०८१‘रमाउन नसक्नेले राजनीति नगर्नू’
भाद्र २८, २०८१ढाकाकुमार पक्राउ
भाद्र २७, २०८१शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस एवं १६ औं साधारणसभा
भाद्र २७, २०८१पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने
भाद्र २७, २०८१