नवलपरासी । पश्चिम नवलपरासीमा बिनादर्ता सञ्चालनमा रहेको म्यान पावर कम्पनी सिल गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले श्रम तथा रोजगार कार्यालय रुपन्देहीको सहयोगमा रामग्राम ५, बाइपासमा सञ्चालनमा रहेको जेडी म्यानपावर सर्भिसेज सिल गरेको हो ।
प्रहरी नायव उपरीक्षक रमेश बोहोराका अनुसार जेडी मेनपावर सर्भिसेजका सञ्चालक भारतको महाराष्ट्र प्रदेशको मुम्बई जिल्ला बर्भे पोष्ट अस्लफा नगरगाउँ निवासी २४ वर्षीय निर्सग रवीन्द्र र मुम्बईको कोलाव बस्ने ३७ वर्षीय जावेद मसिहलाई पक्राउ गरेको छ ।
बिनादर्ता सञ्चालन गरेको पाइएपछि म्यानपावरको कार्यालय सिल गरी २ जना भारतीय नागरिकलाई पक्राउ गरेको बोहोराले बताए । अनुसन्धानको क्रममा निजहरुले करिब ५ दिन अगाडिदेखि उक्त कार्यालय सञ्चालन गरेको र रसिया, अस्ट्रेलिया, इटाली लगायतका देशमा लैजाने उद्देश्यले कार्यालय सञ्चालन गरेको पाइएको प्रहरीले अनुसन्धानको क्रममा पाएको जनाएको छ ।
प्रहरीले कार्यालयबाट २ थान मोबाइल, १ थान ल्यापटप, भारतीय आधारकार्ड, भारतीय बैंकको चेकबुक, डेबिड कार्ड बरामद गरेको छ । पक्राउ परेको २ जना र बरामद सामग्री आवश्यक कारबाहीका लागि श्रम तथा रोजगार कार्यालय रुपन्देही बुटवलमा बुझाइएको प्रहरीले जाएको छ ।
Related News
सम्बन्धित समाचार
पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी
डेभिज फल सहकारीको १३ औं वार्षिक साधारणसभा
लक्ष्मी विद्या पदक प्रदान
सुनास कास्कीमा सिरोज
पोखरामा अमोडा ई५ डिलक्स र जेको जे६ लन्च
hero news full width
मुख्य समाचार
‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’
विमला भण्डारी बनिन् गण्डकीको पहिलो प्रेस रजिष्ट्रार
भाद्र २८, २०८१‘रमाउन नसक्नेले राजनीति नगर्नू’
भाद्र २८, २०८१ढाकाकुमार पक्राउ
भाद्र २७, २०८१शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस एवं १६ औं साधारणसभा
भाद्र २७, २०८१पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने
भाद्र २७, २०८१