पोखरा । जिल्ला समन्वय समिति कास्कीले सेती नदीको पर्यावरण र सुन्दरतामा असर पर्ने गरी जथाभावी उत्खनन् गरिएको भन्ने गुनासो बढेपछि सोमबार समन्वयात्मक अन्तक्र्रिया गरेको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति कास्की प्रमुख लीलाधर पौडेलले सेती नदी र यस क्षेत्रको संरक्षणमा सरकारी निकायहरू अति गम्भीर र प्रभावकारी ढंगले लागि पर्न आग्रह गर्दै लापरबाहीपूर्ण कार्य गर्ने जो कोही पनि कानुनी दायरामा आउनुपर्ने बताए ।
नियम कानुनको उल्लंघन राज्यविरूद्धको गम्भीर अपराध भएको उल्लेख गर्दै प्रमुख पौडेलले त्यस्तालाई कडा कारबाही गर्न स्थानीय तह र सरोकारवाला सरकारी निकायका प्रमुखहरूसँग आग्रह गरे । उनले जिल्ला समन्वय समितिले अवैध कार्यका सम्बन्धमा पटकपटक स्थलगत अनुगमनसहित त्यसलाई रोक्न आग्रह गरे पनि पालिकाहरू संवेदनशील नदेखिनु र अन्य सरकारी निकायहरू कार्यान्वयनमा उदासीन देखिनु चिन्ताको विषय भएको उल्लेख गरे ।
पौडेलले छलफलका क्रममा देखिएका समस्या, चुनौती, कानुनी र नीतिगत समस्या हल गर्न सरकारको ध्यानाकर्षण गराउने उल्लेख गर्दै गम्भीर ढंगले समन्वय गर्ने उल्लेख गरे । ढुंगा, गिटी, बालुवा र नदीजन्य वस्तुको उपभोगमा नीतिगत त्रुटि सच्याउन र स्पष्ट कानुनहरूको परिपालना गराउन राजनीतिक नेतृत्वको ध्यानाकर्षण गराउने बताए ।
सेती नदी संरक्षण अभियानका अध्यक्ष हेमराज पौडेलले सेती नदीमाथि जथाभावी दोहन हुँदा समग्र गण्डकी प्रदेशको जनजीवन नै प्रभावित भएको भन्दै गैरकानुनी उत्खनन्ले समस्या थप जटिल हुँदै गएको उल्लेख गरे ।
नदीजन्य वस्तुको उपभोगमा नीतिगत त्रुटि सच्याउन र स्पष्ट कानुनहरूको परिपालना गराउन राजनीतिक नेतृत्वको ध्यानाकर्षण गराइने
उनले नदीमै डोजर चलाउने, भौतिक संरचनाको बेबास्ता गर्दै कतिपय स्थानमा ढुंगा, गिटी र बालुवाको उत्खनन्, संरक्षण बिनाको बिक्री वितरण, उपभोग चिन्ताको विषय भएको बताए । सरोकारवाला सरकारी निकायहरूलाई पटकपटक ध्यानाकर्षण गराउँदासमेत स्थानीय तहसहितका सरकारी निकायहरू संरक्षणमा गम्भीर नदेखिएको गुनासो गर्दै संरक्षणका लागि व्यापक जनदबाबको नै खाँचो भएको बताए ।
संयोजक पौडेलले संरक्षणका लागि नदीमा फोहोर विसर्जनमा पूर्ण प्रतिबन्ध लगाउने, नदीको सिमांकन, चेकड्यामको निर्माण, दुवै किनाराहरूमा वृक्षरोपणसहित चौतारीहरू निर्माण, हरित साइक्लिङ र पदयात्रा सडक निर्माण, नदी किनाराका अवैध बसोबासीको स्थानान्तरण, आसपासका जमिन, भौतिक संरचना र सम्पदा संरक्षणलगायत विषय समेटेर एक गुरुयोजना र ९ वटा सहायक योजना निर्माण गरी स्थानीय तहहरू र गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण समेत गराएको जानकारी दिए ।
कार्यक्रममा जिसस कास्कीका उपप्रमुख सरिता माल, माछापुच्छ«े गाउँपालिकाका प्रमुख मीनबहादुर गुरुङ, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, कास्कीका प्रहरी प्रमुख मोहनकुमार थापा, सशस्त्र प्रहरी बल कालिका गण मालेपाटनका प्रमुख अरूण शर्मा, कास्कीस्थित पालिकाका प्रमुखहरूसहित जिसस कास्कीका सदस्यहरू, सेती नदी संरक्षण अभियानका पदाधिकारी एवं सदस्यहरू लगायतले सेती नदीमा देखिएका समस्या, चुनौती र निराकरणका सम्बन्धमा धारणा राखेका थिए ।
जिल्ला समन्वय समिति कास्की प्रमुख लीलाधर पौडेलको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान
पाेखरामा १७ औं हिसान कास्की स्पोर्टस् मिट सुरु
भौतिक मन्त्री केसीले गरे कोरोला–त्रिवेणी मार्ग निरीक्षण
लान्द्रुकमा हनी हन्टिङ महोत्सव
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१