मित्रमिलन सहकारी ठगी अभियोगमा थप २ पक्राउ

आदर्श समाज सम्वाददाता
जेठ २८, २०८१
441929664_818480896583069_80623242481179529_n

पोखरा । मित्रमिलन बचत तथा ऋण सहकारी ठगी अभियोगमा फरार थप २ प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा पूर्व अध्यक्ष भरत भट्टराई (३० वर्ष) र सुवास अधिकारी (२८ वर्ष) हुन् । उनीहरु पोखरा २१, कृस्ती निवासी हुन् ।

सहकारीको रकम अपचलन गरेको अभियोगमा मुद्दा खेपिरहेका प्रतिवादी उनीहरु हालसम्म फरार थिए ।

शुक्रबार वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरी टोलीले तनहुँको शुक्लागण्डकी १, कोत्रेबाट पक्राउ गरी आइतबार जिल्ला अदालतमा पेस गरेको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक अविनाश दीप जिसीले बताए ।

संस्थाको करिब ३२ करोड आर्थिक अपचलन हुने गरी भएको ठगी अभियोगमा ३३ जनाविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा विचाराधीन छ ।

Related News

सम्बन्धित समाचार

hero news full width