फुटबलमा सेमिफाइनल समीकरण पूरा

आदर्श समाज सम्वाददाता
जेठ २७, २०८१
Gandaki football

पोखरा । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा गण्डकी प्रदेश फुटबल संघको आयोजनमा पोखरा रंगशालामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ ।

संघका महासचिव विनोद गुरुङका अनुसार सेमिफाइनलमा म्याग्दीले कास्कीको सामना गर्नेछ भने बागलुङ र तनहुँ अर्को सेमीमा भिड्नेछन् ।

शनिबार पहिलो क्वाटरफाइनलमा म्याग्दीले स्याङ्जालाई टाइब्रेकरमा ४–३ ले स्तव्ध पारेको छ । निर्धारित समयमा दुवै टिमले समान २ गोल गरेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । स्याङ्जाका क्षितिज जिटी र राजेन्द्र श्रेष्ठको प्रहार बाहिरिएपछि म्याग्दीको जित सहज बनेको थियो । म्याग्दीका रिजन पुनको समेत प्रहार बाहिरिएको थियो ।

स्याङ्जालाई म्याग्दीले आक्रमक खेल खेल्दै ३२ मिनेटमा सुमन पुनले अग्रता दिलाए भने ३ मिनेटपछि मनीष श्रेष्ठले टिमका लागि अर्को गोल थपे । तर हाफ टाइमपछि स्याङ्जा खेलमा फर्कियो । स्याङ्जाका लागि सोम गुरुङ र अनिश गुरुङले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगितामा म्याग्दी, कास्की, बागलुङ र तनहुँ सेमिफाइनलमा प्रवेश गरेका हुन्

कास्कीले होम ग्राउन्डको फाइदा उठाउँदै नवलपुरविरुद्धको खेल ४–० ले जितेको छ । खेलको ३३ औं मिनेटमा विक्रम गौतमले नवलपुरविरुद्ध गोल गर्दै कास्कीलाई अग्रता दिए भने अभिषेक थापाले खेलको दोस्रो हाफमा व्यक्तिगत २ गोल गरे । ५४ औं मिनेटमा कास्कीका लागि चौथो गोल किशन गुरुङले गरे ।

आयुष खड्काको ह्याट्रिकमा पर्वतविरुद्ध बागलुङले ४–० सहज जित निकालेको छ । आयुषले खेलको ४२, ४९ र ७८ औं मिनेटमा गोल गरे । त्यस्तै निश्चल महतले ७१ औं मिनेटमा चौंथो गोल थपेपछि बागलुङले सहज निकालेको हो ।

अन्तिम क्वाटरफाइनलमा तनहुँले लमजुङविरुद्धको खेल ५–० को गोल अन्तरले जितेको छ । गोरखाविरुद्ध पहिलो खेल जितेको तनहुँले क्वाटरफाइनलमा लमजुङलाई पराजित गरेको हो । तनहुँका सन्तबहादुर गुरुङले ह्याट्रिक पूरा मात्रै गरेनन् उनले ४ गोल गरे । सौगात गुरुङले खेलको ३३ औं मिनेटमा १ गोल गरे ।

उपाधि विजेताले २ लाख र उपविजेताले १ लाख साथमा ट्रफी र मेडल प्राप्त गर्नेछन् । प्रतियोगिताबाट आगामी १० औं राष्ट्रिय खेलकुदका लागि खेलाडी छनोट गरिनेछ ।

Related News

सम्बन्धित समाचार

  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • साफ च्याम्पियनसिपमा बंगलादेश च्याम्पियन

    आदर्श समाज सम्वाददाता कार्तिक १४, २०८१
    पोखरा । साफ महिला च्याम्पियनसिपको उपाधि जित्ने नेपालको सपना फेरि चकनाचूर भएको छ । साविक विजेता बंगलादेशले घरेलु टोली नेपाललाई हराउँदै…
  • नेपाल–बंगलादेश फाइनल आज

    रासस कार्तिक १४, २०८१
    काठमाडौं । नेपाल बलियो प्रतिद्वन्द्वी बङ्गलादेशलाई पराजित गर्दै पहिलो पटक साफ (दक्षिण एसियाली फुटबल महासंघ) च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ…
  • भारतलाई हराउँदै नेपाल फाइनलमा

    आदर्श समाज सम्वाददाता कार्तिक ११, २०८१
    पोखरा । भारतको चुनौती टाइब्रेकरमा ४–२ ले पन्छाउँदै नेपाल अन्ततः साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा प्रवेश गर्न सफल भएको…
  • माघमा आहारारा गोल्डकप

    आदर्श समाज सम्वाददाता कार्तिक ९, २०८१
    पोखरा । २४ औं संस्करणको आहारारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको मिति तय भएको छ । सहारा क्लब पोखराले आगामी…

hero news full width