पोखरा । राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले पोखरा महानगरपालिका वडा नम्बर ६ को बाराही घाटमा रहेको बकुल्लाको बास जोगाउन आग्रह गरेको छ । रत्न मन्दिर क्षेत्रमा पर्ने बाराही घाटका बाँसमा आँख्लैपिच्छे बकुल्लाले गुँड लगाएका छन् ।
बकुल्लासहितका पंक्षीको विष्टाले दुर्गन्धित भएको भन्दै बेला बेलामा बाँस र बाँसका हाँगा काट्दा चराहरुको बिचल्ली हुने गरेको छ । सम्पदाका अध्यक्ष ठाकुरप्रसाद बराल र महासचिव दिलीप दोषीले नेपाल ट्रस्टको कार्यालय, पोखरामार्फत् ट्रस्टको केन्द्रीय कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
उनीहरुले नेपाल ट्रस्टको कार्यालय पोखरा प्रमुख मीनप्रसाद लामिछानेमार्फत् ध्यानाकर्षणपत्र बुझाएका हुन् । पोखरा महानगर, वडा नम्बर ६, रणचण्डी गणलाई समेत बोधार्थ दिइएको छ ।
रत्न मन्दिर दरबार क्षेत्रका रुखहरु र खासगरी बाँसमा पोखरामा पाइने धेरै प्रजातिका चराचुरुंगीले गुँड लगाउने गरेका छन् । वर्षौदेखि बकुल्लाको बासस्थानकै रुपमा परिचित बाँसको गाँजका आख्लापिच्छे बकुल्लाका गुँड र गुँडमा स–साना बचेरा खेलिरहने मौसममा बाँस काट्नु अमानवीय हुने अध्यक्ष बराल बताउँछन् ।
बाँस काट्नुको साटो विकल्प खोज्न र पंक्षी संरक्षण गर्न ध्यानाकर्षण गराइएको हो । ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘वासस्थान सुरक्षित राखिरहन अति आश्वयक रहेको व्यहोरा जानकारी गराउँदै बाँस काट्ने कार्यलाई अबका दिनमा प्राथमिकतामा नराखी बकुल्लाको वासस्थान जोगाउन पन्छीहरुलाई असर नपर्ने गरी समस्याको समाधान गर्न ध्यानाकर्षण गराउँछौं ।’
Related News
सम्बन्धित समाचार
सापकोटा कल्याण केन्द्रको साधारणसभा
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१