पोखरा । सञ्चारिका समूह नेपाल गण्डकी प्रदेश आयोजनामा आदिवासी जनजाति महिलाको लागि तनाव व्यवस्थापनमा सञ्चारको भूमिका विषयक कार्यक्रम भएको छ ।
पोखरा महानगरपालिका सामाजिक विकास महाशाखा सहयोगमा भएको कार्यक्रमको उद्घाटन गर्दै ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय पार्दीका प्रमुख ब्रम्हाकुमारी अमृतले तनाव व्यवस्थापनमा ध्यान योग आवश्यक रहेको बताइन् । उनले सञ्चारमाध्यमवाट सही सूचना सम्प्रेषण हुनुपर्नेमा जोड दिइन् । कार्यक्रमको सहजीकरण गर्दै पे्रस काउन्सिल सदस्य दुर्गा भण्डारीले सञ्चारमाध्यमबाट प्रसारण हुने सूचना तथ्यपरक हुनुपर्ने बताउँदै समाचार लेखिसकेपछि क्रस चेक गर्न आवश्यक रहेको बताइन् ।
सञ्चारिका समूह गण्डकीका पूर्व अध्यक्ष सुष्माकुमारी पौडेलले तनाव व्यवस्थापन हरेक व्यक्तिका लागि आवश्यक विषय भएको बताए । उनले दैनिक जीवनमा ध्यान योग गर्दै तनावलाई सरल रुपमा लिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, राष्ट्रिय मानव अधिकार आयोगका अफिसर मोहन काफ्ले, इन्सेकका कार्यक्रम अधिकृत सवनम शर्मा, महिला मानव अधिकार रक्षक सञ्जाल अध्यक्ष केशु भुजेल लगायतले तनाव व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा आफ्नो भनाइ राखेका थिए ।
तालिममा तमु धिं नेपाल केन्द्रीय आमा समिति, नेवा मिसा पुचः, नेपाल दवु मिसा, मगर महिला संघ, महिला घेदुङ, तामाङ महिला समिति, राष्ट्रिय आदिवासी जनजाति महिला संघ, नेपाल कुमाल समाज, दुरा समाज सहित विभिन्न संघसंस्थामा आवद्ध ५० जना आदिवासी जनजाति महिलाको सहभागिता थियो । सञ्चारिका समूह नेपाल गण्डकी अध्यक्ष कविता श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष कञ्चन थापा र सञ्चालन कोषाध्यक्ष उमा आलेमगरले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१