सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन

आदर्श समाज सम्वाददाता
जेठ २६, २०८१
Tobaco Photo

पोखरा । सुर्तीजन्य पदार्थ प्रयोगबाट हुने मृत्यु र आर्थिक नोक्सानी रोक्न सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न बनेका नियमावली र निर्देशिकाको पालना गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आयोजना र गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय संयोजनमा पोखरामा शुक्रबार भएको कार्यक्रममा आवश्यक परेमा कानुन बमोजिम दण्ड गर्नुपर्ने उनीहरुको भनाइ थियो ।

सूर्तीजन्य पदार्थको खोलमा ९० प्रतिशत चेतावनीमूलक चित्र छाप्न सर्वोच्चले परमादेश दिएसँगै यसको कार्यान्वयनमा सहज भएको उनीहरुको भनाइ थियो । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव दीपेन्द्ररमणसिंहले सूर्तिजन्य पदार्थको बट्टा, प्याकेट, ¥यापर, पेटी तथा पार्सल प्याकेजिङ र लेबलको बाहिरी कुल भागमध्ये ९० प्रतिशत भाग (७० प्रतिशत भागमा रंगीन चित्र र २० प्रतिशत भागमा चेतनामूलक) सन्देश र चित्र छाप्नुपर्ने बताए ।

धुमपान तथा सुर्तीजन्य पदार्थको कानुनसम्मत बिक्री वितरण, सार्वजनिक ठाउँमा पूर्णरुपमा सेवन निषेध तथा आमरुपमा सेवनदर घटाउने उद्देश्यका साथ गण्डकी प्रदेशबाट अभियान थालनी गरिनुपर्ने उनले बताए । धुम्रपान र सुर्तीजन्य पदार्थको सेवनले निम्त्याउने स्वास्थ्य जटिलता, पारिवारिक तनाव र सामाजिक व्यवहारको असरलाई जनमानसमा सञ्चार गर्दै स्वस्थ समाज निर्माण गर्ने उद्देश्यका साथ अभियानलाई प्रभावकारीरुपमा अगाडि बढाउनुपर्नेमा उनको जोड थियो ।

सचेतना प्रवद्र्धनको अभियानसँगै दण्ड, जरिवाना र कारबाहीको प्रक्रियालाई पनि अगाडि बढाउने नीति सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी सचिव डा. विनोदविन्दु शर्माले बताए । उनले सार्वजनिक ठाउँ, निकाय र पसलमा नियमन गर्ने बताउँदै पालना नगरेको पाइए सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ बमोजिम कारबाही गरिने स्पष्ट पारे ।

धुम्रपान र सुर्तीजन्य पदार्थको सेवनले मुटु रोग, क्यान्सरजस्ता खतरनाक रोगको जोखिम बढाइरहेको छ । एक अध्ययन अनुसार नेपालमा प्रत्येक वर्ष २७ हजार १ सय मानिसको मृत्यु सुर्तीजन्य रोगका कारण हुन्छ । जसमा ९० प्रतिशत मृत्यु फोक्सोको क्यान्सरका कारण हुने तथ्यांक छ ।

Related News

सम्बन्धित समाचार

  • अपहरण शैलीमा ल्याइएको रविको गुनासो

    विजय नेपाल मंसिर २३, २०८१
    पोखरा । अनुसन्धानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई प्रहरीले विभिन्न शारीरिक तथा मानसिक यातना दिएको भन्दै उजुरी परेपछि…
  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । संविधानअनुसार पालिका र प्रदेशको कर्मचारी नियुक्त गर्ने पुुरापुर अधिकार प्रदेश लोक सेवा आयोगलाई छ । सातै प्रदेशमा आयोग…
  • ओली चीन भ्रमण जाँदै

    रासस मंसिर १७, २०८१
    काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि सोमबार बिहान बेइजिङ प्रस्थान गर्दैछन् । चीनका प्रधानमन्त्री…
  • घार्मीमा बालाचतुर्दशी रौनक

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    पोखरा । धार्मिक पर्यटकीयस्थल घार्मीमा बालाचतुर्दशी पर्व धुमधामसाथ मनाइएको छ । पोखरा १९, घार्मीस्थित मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा…

hero news full width