विश्व खाद्य स्वच्छतासम्बन्धी सचेतना

आदर्श समाज सम्वाददाता
जेठ २६, २०८१
khadya

गैंडाकोट । विश्व खाद्य स्वच्छता दिवस २०२४ को साताव्यापी कार्यक्रमको सातौं दिन शुक्रबार खाद्य स्वच्छता सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, दमौली तथा खाद्य वैज्ञानिक तथा प्राविधिक संघ, नेफोस्टा नारायणी च्याप्टरको आयोजना कार्यक्रम भएको हो । कार्यक्रममा ३० जना (फास्टफुड) व्यवसायीलाई खाद्य स्वच्छतासम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको हो ।

नेफोस्टा नारायणी च्याप्टरका वरिष्ठ सल्लाहकार, खाद्य प्राविधिक टंकमणि काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा गैंडाकोट नगरपालिका उप–प्रमुख शान्ति कोइराला प्रमुख अतिथि थिइन् ।

कार्यक्रममा विशिष्ठ अतिथि उद्योग वाणिज्य संघ, नवलपुर जिल्लाका अध्यक्ष दीपक सापकोटा, अतिथिहरू गैंडाकोट नगरपालिका सामाजिक विकास अधिकृत देवेन्द्र गौतम, स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोला, नागरिक कलेज गैंडाकोटका क्याम्पस प्रमुख छविलाल कँडेल रहेका थिए । नेफोस्टा नारायणी च्याप्टर सदस्य सुदीप अधिकारीले सञ्चालन गरेको कार्यक्रममा स्वागत नेफोष्टा नारायणी च्याप्टरका सदस्य शरद् अधिकारीले गरेका थिए ।

कार्यक्रम संयोजन खाद्य डिभिजन दमौलीका कार्यालय प्रमुख खाद्य अनुसन्धान अधिकृत ज्योति आचार्यले गरेका थिए ।

व्यवसायीलाई खाद्य अनुसन्धान अधिकृतले खाद्य स्वच्छता कायम गर्ने सम्बन्धमा जानकारीमूलक प्रस्तुति दिएका थिए ।

गैंडाकोटका उपप्रमुख शान्ति कोइरालाले कार्यक्रम सफल भएको तथा आउने वर्षमा नगरपालिकाले कम्तीमा १ जना खाद्य प्राविधिक राख्न पहल गर्ने बताइन् ।

Related News

सम्बन्धित समाचार

  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । संविधानअनुसार पालिका र प्रदेशको कर्मचारी नियुक्त गर्ने पुुरापुर अधिकार प्रदेश लोक सेवा आयोगलाई छ । सातै प्रदेशमा आयोग…
  • ओली चीन भ्रमण जाँदै

    रासस मंसिर १७, २०८१
    काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि सोमबार बिहान बेइजिङ प्रस्थान गर्दैछन् । चीनका प्रधानमन्त्री…
  • घार्मीमा बालाचतुर्दशी रौनक

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    पोखरा । धार्मिक पर्यटकीयस्थल घार्मीमा बालाचतुर्दशी पर्व धुमधामसाथ मनाइएको छ । पोखरा १९, घार्मीस्थित मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा…
  • भवन निर्माण आचारसंहिता प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    लेखनाथ । लेखनाथ निर्माण व्यवसायी समितिको आयोजनामा भवन निर्माण आचारसंहितासम्बन्धी प्रशिक्षण शनिबार सम्पन्न भयो । प्रशिक्षण उद्घाटन गर्दै लेखनाथ निर्माण…

hero news full width