पोखरा । अन्नपूर्ण ८, दाङसिङ निवासी इशा विकको उपचारमा सहयोग पु¥याउन आर्थिक संकलन गरिएको छ ।
स्थानीय प्रेमबहादुर विककी २९ वर्षीया छोरी इशालाई ब्रेन ट्युमर भएको छ । उनको उपचारमा ७ लाख लाग्ने भएकोले दाङसिङ गुरुङ सम्पर्क मञ्च र दाङसिङ तमु समाज युकेको नेतृत्वमा रकम संकलन गरिएको हो । संकलित ३ लाख २० हजार शुक्रबार बिरामी इशा र बुबा प्रेमलाई हस्तान्तरण गरियो ।
मञ्चका अध्यक्ष क्याप्टेन काजीमान गुरुङले रकम हस्तान्तरण गरेका हुन् ।
कांग्रेस क्षेत्र ३ का सभापति मनोज गुरुङ, अन्नपूर्ण ८ का वडा अध्यक्ष विजय गुरुङ, कांग्रेस महाधिवेशन प्रतिनिधि विष्णुबहादुर क्षत्री, सहसचिव नवीन सिग्देल, कांग्रेस क्षेत्र ३ का सदस्य तिलकबहादुर कुँवरको रोहवरमा संकलित रकम हस्तान्तरण गरिएको हो ।
दाङसिङ तमु समाज युके अध्यक्ष राजबहादुर गुरुङको नेतृत्वमा १ लाख ७० हजार, दाङसिङ गुरुङ सम्पर्क मञ्चको नेतृत्वमा १ लाख ६ हजार, अन्नपूर्ण गाउँपालिका वडा ८ बाट ३७ हजार र कांग्रेस कास्कीका सदस्यबाट ६ हजार ५ सय संकलन भएको रकम संकलन समिति संयोजक पुरण गुरुङले बताए । मञ्च अध्यक्ष क्याप्टेन काजीमान गुरुङले ढुक्कसँग उपचारमा ध्यान दिन आग्रह गर्दै आवश्यक परे अझै सहयोग संकलन गर्ने प्रतिवद्वता व्यक्त गरे । कांग्रेस क्षेत्र ३ का सभापति मनोज गुरुङले मानवीय सेवा सबैभन्दा ठूलो धर्म भएको बताए ।
Related News
सम्बन्धित समाचार
देशभरका कानून व्यवसायी पोखरामा
देशभरका कान्छा न्यायाधीशले कसरी पढे ? सुनाए अनुभव
प्याब्सन स्पोर्टस् मिटः हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन
आँगन सहकारीको पाँचौं साधारणसभा
निःशुल्क स्वास्थ्य शिविर
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१