मेडिप्लसमा रक्तदान

आदर्श समाज सम्वाददाता
जेठ २६, २०८१
Blood Donation (4)

पोखरा । मेडिप्लस हस्पिटल महेन्द्रपुलमा रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा ४० जनाले रक्तदान गरेको डा. सरोज पोखरेलले बताए ।

लायन्स क्लब अफ पोखरा डेस्टिनेशन, मेडिप्लस हस्पिटल एन्ड ट्रमा सेन्टर, हाम्रो गन्तव्य बहुउद्देश्यीय सहकारी संस्था र लियो क्लब अफ पोखरा डेस्टिनेशनले संयुक्त रुपमा आयोजना सो कार्यक्रम भएको हो ।

लायन्स पोखरा डेस्टिनेसन अध्यक्ष सन्तोष तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको आतिथ्य गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले गरेका थिए ।

कार्यक्रममा लायन्स पोखरा डेस्टिनेसनका पूर्व अध्यक्ष लक्ष्मण तिमिल्सिना, डा. अमर नागिला, रामप्रसाद तिमिल्सिना, मेडिप्लस हस्पिटलका अध्यक्ष डा. आनन्द भट्टराई, हाम्रो गन्तब्य बहुउद्देश्यीय सहकारीका अध्यक्ष विष्णुहरि तिमिल्सिना, उपध्यक्ष अब्दुल वाहिद मियाँ, कोषाध्यक्ष शरण शाक्य तथा लियो क्लब पोखरा डेस्टिनेसन अध्यक्ष मनीषा नेपालीको उपस्थिति थियो ।

कार्यक्रमको संचालन लायन्स क्लब सचिव छबि पनेरुले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…

hero news full width