पोखरा । प्रतिभा माविमा बिहीबारदेखि गण्डकी प्रदेशस्तरीय ‘रचनात्मक, खेलकुद तथा सूचना प्रविधि फेयर’ सुरु भएको छ । एसइई दिएर बसेका विद्यार्थीका लागि आयोजितको प्राचार्य किरण सापकोटा, वित्त निर्देशक विश्वगोपाल पराजुली लगायतले उद्घाटन गरे ।
३ दिनसम्म चल्ने फेयरमा २ हजार जनाभन्दा बढी विद्यार्थी सहभागी हुने प्राचार्य सापकोटाले बताए । फेयरमा प्रदेशका विभिन्न जिल्लाका विद्यार्थी सहभागी छन् । विद्यार्थीले व्यक्तिगत, समूहगत वा विद्यालयबाट सहभागिता जनाएको प्राचार्य सापकोटाले बताए ।
उनका अनुसार विज्ञान हाजिरीजवाफ, नेपाली वक्तृत्वकला, छात्र तथा छात्रा बास्केटबल, भलिबल, टेनिस, चेस, ब्याडमिन्टन, फुटसलका प्रतियोगिता हुनेछन् । त्यस्तै सूचना प्रविधिका गतिविधिबारे पनि जानकारी पाइने उनले बताए ।
‘एसइई दिएर बसेका विद्यार्थीलाई सक्रिय बनाउन र उनीहरु भित्रको प्रतिभा प्रस्फुटन गराउनका लागि कार्यक्रम गरेका हांै,’ सापकोटाले भने, ‘घरमा बसिरहनुभन्दा विद्यार्थीलाई यो बेला सक्रिय राखिराख्यो भने उनीहरु भित्रको प्रतिभा प्रस्फुटन हुनेछ । उनीहरुलाई कुनै न कुनै गतिविधिमा सहभागी बनाएर सक्रिय बनाउन आवश्यक छ ।’
माइ सेकेन्ड टिचर (एमएसटी) सँगको सहकार्यमा सूचना प्रविधिसँग सम्बन्धित कार्यक्रम गरिने उनले बताए । सापकोटाका अनुसार प्रतिभा माविले विद्यार्थीलाई आवश्यकता अनुसार अतिरिक्त पाठ्यक्रम अध्यापन गराएर अब्बल बनाउने गरिएको छ ।
प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई नगद पुरस्कार पनि दिइनेछ । सबै सहभागी विद्यार्थीले प्रमाणपत्र पाउनेछन् ।
माइ सेकेन्ड टिचरका गण्डकी प्रदेश प्रमुख विवेक श्रेष्ठले प्रविधिलाई जोडेर यो कार्यक्रम आयोजना गरिएको बताए । विद्यालयका बिहानी सत्रका व्यवस्थापन विषयका संयोजक डा. बोधराज ढकालले विद्यार्थीलाई सक्रिय र रचनात्मक बनाउन यस्ता कार्यक्रम आवश्यक रहेको बताए ।
पोखरा पालिखेचोकस्थित प्रतिभामा कक्षा ११ र १२ तर्फ व्यवस्थापन, होटल व्यवस्थापन र विज्ञान संकायमा अध्यापन हुँदै आएको छ ।
Related News
सम्बन्धित समाचार
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम
प्रदेशस्तरीय विज्ञान हाजिरीजवाफ प्रतियोगितामा न्यू मोडलको टिमको वर्चश्व
विद्यालय खेलकुद महासंघमा कृष्ण
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१