पोखरा । पोखरा ६ वडा कार्यालयको सहयोगमा महिलाहरूका लागि सञ्चालन गरिएको खाजाका परिकार बनाउने सिपमूलक तथा आयमूलक ५ दिवसीय तालिम सम्पन्न भएको छ । जनजाति, अल्पसंख्यक उत्पीडित, मुस्लिम, दलित र निम्न आय भएका बेरोजगार तथा गृहिणी महिला लक्षित तालिम सञ्चालन गरिएको हो ।
६० जना महिलाहरूको सहभागिता रहेको तालिममा ६ समूह बनाइ प्रशिक्षण दिइएको वडा कार्यालयले जनाएको छ । किंग्स इन्टरनेसन कलेज प्रालि पोखरा शाखाले सहजीकरण गरेको तालिममा सहभागीहरूलाई मम, चाउमिन, समोसा, निमकिन, रसबरी र तन्दुरी रोटी बनाउन सिकाइएको थियो ।
समापन समारोहमा पोखरा ६ का अध्यक्ष विष्णुबहादुर भट्टराईले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गरे ।
कार्यक्रमका संयोजक तथा वडा सदस्य शोभा जलारीले आर्थिक उर्पाजनका लागि जीवनकाल उत्तरार्धसम्म पनि सिक्न र सिकाउन छोड्न नहुने बताइन् ।
कार्यक्रममा पोखरा ६ का वडा सदस्य बासु बराल, वडा सदस्य दीपेन्द्र पहारी, वडा सचिव रामबहादुर खत्री, अर्मिता गुरुङ श्रेष्ठ, प्रशिक्षक ओमप्रसाद गुरुङ, बिनु गुरुङ, प्रशिक्षार्थीहरू रमा लामिछाने, भागीरथी थापा, दुर्गा थापा, सुनीता परियार, विष्णुमाया परियार लामिछाने र भगवती बानियालगायतले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१