पाठेघर र स्तन क्यान्सर बढ्दो

आदर्श समाज सम्वाददाता
जेठ २४, २०८१
Breast Cancer

स्याङ्जा । नगरपालिकाको आयोजना र जिल्ला अस्पताल स्याङ्जाको प्राविधिक सहयोगमा पुतलीबजार नगरपालिकामा महिलाको प्रजनन् स्वास्थ्य परीक्षणबारे निशुल्क शिविर भएको छ ।

नगरका १४ वटै वडामा पुगेर पाठेघर, स्तन, फिस्टुला र आङ लगायत प्रजनन् स्वास्थ्य परीक्षण भएको हो । परीक्षण गरिएका २ हजार ३ सय ९३ जनामध्ये ३० जनामा पाठेघर र स्तन क्यान्सरको आशंका भेटिएको नगर प्रमुख तुलसीराम रेग्मीले बताए । पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ (भीआइए), स्तन क्यान्सरको स्क्रिनिङ, अब्स्टेट्रिक फिस्टुला र आङ खस्ने जस्ता प्रजनन् स्वास्थ्यसँग सम्बन्धित परीक्षण गरिएको हो ।

पाठेघर, फिस्टुला र आङ खस्नेजस्ता समस्याको परीक्षण गराएका १ हजार १ सय ५० जनामध्ये २३ जनामा पाठेघरको क्यान्सरको शंका देखिएको मेडिकल अधिकृत डा. सुशील ढकालले बताए । स्तन क्यान्सको स्क्रिनिङ गरिएका १ हजार २ सय ४३ जनामध्ये ७ जनाको स्तनमा गाँठा तथा गिर्खा भेटिएको उनले बताए । साथै, ५१ जनामा आङ खस्ने समस्या देखिएको पुतलीबजार नगर स्वास्थ्य शाखा प्रमुख अनिषा सुवेदीले बताइन् ।

पाठेघरको मुखका क्यान्सर शंका देखिएकाको उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मितेरी अस्पतालमा स्तन क्यान्सको शंका लागेकालाई मणिपाल शिक्षण अस्पतालसँग नगरपालिकाले समन्वय गरेको छ । उनीहरुलाई सम्बन्धित अस्पतालमै रेफर गरिएको छ ।

नगर प्रमुख तुलसीराम रेग्मीले रोग लाग्नुभन्दा पहिले नै जोखिम पहिचान गर्न सकेमा धनजन दुवै जोगिने बताउँदै स्वास्थ्यप्रति नगरपालिका संवेदनशील रहेकाले पालिकाले स्वास्थ्यसम्बन्धी निशुल्क परीक्षण सुविधा उपलब्ध गराउँदै आएको बताए । शिविरलाई पालिकाले प्राथकितामा राखेको उपप्रमुख देवी अर्यालको भनाइ छ । गाउँमै परीक्षण गर्न पाएकोमा वडावासी खुसी देखिन्थे । शिविरमा किशोरीदेखि ८० वर्षीया वृद्धासम्मले स्वास्थ्य परीक्षण गराएका थिए ।

गत २८ वैशाखमा वडा १३ देखि सुरु भएको शिविर शनिबारमात्र सकिएको हो ।

Related News

सम्बन्धित समाचार

  • सापकोटा कल्याण केन्द्रको साधारणसभा

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । सापकोटा कल्याण केन्द्र, कास्कीको आठौं साधारण सभा हेमजामा शनिबार सम्पन्न भएको छ । साधारणसभाको सापकोटा कल्याण केन्द्रका सभापति…
  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…

hero news full width