महेन्द्रका विद्यार्थीलाई पोसाक र स्टेसनरी

आदर्श समाज सम्वाददाता
जेठ २४, २०८१
siddratha club

पोखरा । सिद्धार्थ क्लब पोखराको आयोजनामा भएको एक कार्यक्रमबीच रुपा गाउँपालिका ४ सिद्ध ढुंगागाडेस्थित महेन्द्र आधारभूत विद्यालयका विद्यार्थीलाई पोसाक र स्टेसनरी वितरण गरिएको छ । विद्यालयका ३६ जना विद्यार्थीलाई सर्ट, पाइन्ट/फर्क २/२ जोरका साथै कापी, पेन्सिल, इरेजर, कटरलगायत सहयोग गरिएको हो । क्लबका पूर्व अध्यक्ष एवं समाजसेवी ज्ञानेश्वरराज श्रेष्ठबाट आफ्नो जन्मोत्सवको अवसरमा पोसाक सौजन्य गरेका हुन् ।

रुपा गाउँपालिका ४ का अध्यक्ष मुकुन्दबहादुर वंशीले सहयोग सामग्री वितरण गरे । उनले वितरण गरिएको सामग्रीको सदुपयोग गर्न र विद्यार्थीको पठनपाठनको वातावरण घरमा पनि निर्माण गरिदिन अभिभावकसँग आग्रह गरे ।

कार्यक्रममा सिद्धार्थ क्लबका अध्यक्ष इन्दिरा मर्सानी श्रेष्ठले विद्यालयमा विद्यार्थीको नियमितता र संख्या वृद्धि हुने विश्वास गरिन् । क्लबका पूर्व अध्यक्ष एवं समाजसेवी ज्ञानेश्वरराज श्रेष्ठले सहकार्य र सहयोगबाट सामाजिक रुपान्तरण र विकास सम्भव हुने भन्दै क्लबमार्फत् आफूले विद्यालयलाई सहयोग गर्ने प्रतिबद्धता जनाए । विद्यालयका प्रधानाध्यापक राजबहादुर वंशीले क्लबको सहयोगले विद्यार्थीको पठनपाठनमा सहयोग पुगेको उल्लेख गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न आफू प्रतिबद्ध रहेको बताए ।

क्लबका सचिव विनोद श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा प्रथम उपाध्यक्ष देवेन्द्र पराजुलीले स्वागत गरे ।

Related News

सम्बन्धित समाचार

  • सापकोटा कल्याण केन्द्रको साधारणसभा

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । सापकोटा कल्याण केन्द्र, कास्कीको आठौं साधारण सभा हेमजामा शनिबार सम्पन्न भएको छ । साधारणसभाको सापकोटा कल्याण केन्द्रका सभापति…
  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…

hero news full width