शिवशक्ति माविमा खुला गायन प्रतियोगिता

आदर्श समाज सम्वाददाता
जेठ २३, २०८१
song competiton

पोखरा । शिवशक्ति माध्यमिक विद्यालय, फूलबारीमा खुला गायन प्रतियोगिता भएको छ ।

३–७ कक्षा समूहतर्फ कक्षा ६ की मीता छन्त्याल प्रथम, ६ कै सन्ध्या मगर दोस्रो र आनिया माझी र साथीहरु तेस्रो भए । ८–१० कक्षा समूहतर्फ कक्षा १० की एन्जिला आधिकारी प्रथम, ९ की मीकासा नेपाली दोस्रो र सहिसा सुनार तेस्रो भए । ३२ प्रतियोगीले भाग लिएको प्रतियोगिता निर्णायकमा शिक्षक रामचन्द्र बास्तोला, गोविन्द अधिकारी र सृजना पहारी थिए ।

विद्यालय प्रअ शम्भुराज बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक अम्बिका बास्तोला र विद्यार्थी राजीव सुवेदीले संयुक्त गरेकाे सूचना अधिकारी प्रकाश पौडेलले बताए ।

विजयीलाई प्रअ बास्तोला र सहप्राचार्य बालकृष्ण बास्तोलाले बधाई दिए । प्राचार्य बास्तोलाले विद्यार्थीको चौतर्फी विकासमा सहक्रियाकलापले महत्वपूर्ण भूमिका खेल्ने र यस्ता कार्यक्रममा विद्यार्थीको सहभागिता बढाउनुपर्नेमा जोड दिए ।

विद्यार्थीको अन्तर्निहीत प्रतिभा प्रस्फुटन गराई सिर्जनात्मक क्षमता अभिवृद्धि गराउने उद्देश्यका साथ आयोजना गरिएको सो कार्यक्रममा सहप्राचार्य बास्तोलाले वार्षिक कार्यपात्रोमा ‘बुक फ्रि फ्राइडे’ उल्लेख गरेर हरेक शुक्रबार विविध खेलकुद तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिने बताए ।

Related News

सम्बन्धित समाचार

  • चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरामा जारी आइटिएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्समा ब्वाइजतर्फ चिनियाँ खेलाडी हाइनुओ गुओ र गल्र्सतर्फ भारतीय…
  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • १० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता…
  • ‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे

    रासस मंसिर २१, २०८१
    गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिने बताएका छन् । प्रदेश नीति…

hero news full width