स्टेप बाई स्टेपको वक्तृत्वकला, वृक्षरोपण र सरसफाइ

आदर्श समाज सम्वाददाता
जेठ २३, २०८१
step by step

पोखरा । स्टेप बाई स्टेप मावि, मासबारले वक्तृत्वकला, वृक्षरोपण र सरसफाइ कार्यक्रम गरेको छ । विश्व वातावरण दिवस अवसरमा विद्यालयमा क्रियाशील ग्रो सर्कल, क्वालिटी सर्कल र युवा रेडक्रसले संयुक्त रुपमा ती कार्यक्रम गरेका हुन् ।

कक्षा ६, ७ र ८ का विद्यार्थीबीच वक्तृत्वकलामा आरोग्य श्रेष्ठ प्रथम भए । राजवीर जैसवाल द्वितीय, आकृति सापकोटा तृतीय तथा करुणा रसाइली र सुवर्ण शाह चौथो भए । प्रतियोगितामा १ सय ५ जना विद्यार्थीले भाग लिएका थिए ।

संस्थापक प्रिन्सिपल निर्मला बरालले विश्व वातावरण दिवस पारेर विद्यार्थीको वाक क्षमतामा अभिवृद्धि गर्ने र वातावरण संरक्षणमा सचेतना बढाउन सहयोग पुग्ने यस्तो महत्वपूर्ण कार्यक्रम आयोजना गरेकामा आयोजक सर्कलहरुलाई धन्यवाद दिइन् ।

संस्थापक निर्देशक रमाकान्त बरालले केवल मानिसले मात्र वातावरण प्रदूषण गर्ने भएकाले प्रदूषण रोक्न र वातावरण संरक्षण गर्न पनि मानिस नै लाग्नुपर्ने बताए । कार्यक्रममा भाइस प्रिन्सिपल दीपक गिरी पनि बोलेका थिए । ग्रो सर्कलका अध्यक्ष सुदेश्ना पौडेलको अध्यक्षतामा भएको वक्तृत्वकला कार्यक्रमको सञ्चालन उज्ज्ल भट्टराईले गरेका थिए । सो अवसरमा विद्यालयमा विभिन्न जातका फूल तथा रुखका बिरुवा लगाइएको थियो भने सरसफाइ पनि गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width