वातावरण दिवसमा हिलसाइडको प्रभातफेरी

आदर्श समाज सम्वाददाता
जेठ २३, २०८१
Hillside

पोखरा । विश्व वातावरण दिवस अवसरमा हिलसाइड अंगेजी मावि, मालेपाटनले वडा ५ का विभिन्न चोकमा विविध कार्यक्रम गरेको छ । विश्वमा बढ्दै गएको वातावरणीय प्रदूषण तथा वाष्पीकरणलाई न्यूनीकरण गरी प्रकृतिको संरक्षणमा सबै लाग्नुपर्ने कुरामा जोड दिँदै प्रभातफेरी कार्यक्रम भयो । विद्यालय प्रांगणबाट सुरु प्रभातफेरी वडा ५ को तीनकुने चोकमा गएर कोण सभामा परिवर्तन भएको थियो । शिक्षक तथा कक्षा ७ देखि कक्षा १० सम्मका विद्यार्थी सहभागी भएको कार्यक्रममा वातावरण जोगाऔैं भन्ने विषयमा विद्यार्थीले प्लेकार्ड, चित्रहरू तथा अन्य सामग्री प्रदर्शन गरे ।

विद्यार्थी प्रियंका भण्डारी, आडिल भट्टराई, युवराज भण्डारी, विशाखा क्षेत्री, स्नेहा पराजुली, विनिश केसीलगायतले कविता र वक्ृत्वकला प्रस्तुत गरे । प्रकृति जोगाउने विषयसँग सम्बन्धित खेल पनि सञ्चालन गरिएको थियो । स्थानीय रामचन्द्र तिमिल्सिना र दीपेन्द्रकुमार रेग्मी विजयी भई बिरुवा र गमला पुरस्कार स्वरुप प्राप्त गरेका थिए भने खेलमा थुप्रै अभिभावक तथा स्थानीयले भाग लिएका थिए ।

विद्यालय परिसरमा विभिन्न जातका बिरुवा रोपियो । विद्यार्थीले निर्माण गरेका वातावरणसम्बन्धी चित्र र हस्तकलाका सामग्री पनि प्रदर्शन गरिएका थिए ।

प्राचार्य डिल्लीराम भट्टराईले विद्यार्थीलाई वृक्षरोपणमा सरिक गराउँदै वातावरण संरक्षणको मूल आधार नै रुखबिरुवाको संरक्षण रहेको बताए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष बाबुराम बरालको संयोजकत्व तथा अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक होमनाथ भट्टराईले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग