फेवा पब्लिक स्कुलमा वातावरण दिवस मनाइयो

आदर्श समाज सम्वाददाता
जेठ २३, २०८१
fewa public

पोखरा । विश्व वातावरण दिवस अवसरमा फेवा पब्लिक स्कुल, गणेशटोलले विविध कार्यक्रम गरी दिवस मनाएको छ ।

पूर्व प्रावि तह अन्तर्गत थिम सेलिब्रेसन गतिविधि, प्रावि तहअन्तर्गत वातावरण जोगाउन मानव भूमिका विषयक शैक्षिक प्रदर्शनी भयो । कक्षा ६(१) का विद्यार्थीले विद्यालय परिसरमा विभिन्न जातका बिरुवा जस्तै धुपी, कल्की, पारिजात, राजवृक्ष लगायत बिरुवा रोपे ।

संस्थापक प्राचार्य अचुत पाण्डेले विश्व वातावरण दिवसको महत्व, वातावरण संरक्षणमा हरेक व्यक्तिको भूमिका तथा वर्तमान पुस्ताले वातावरण र प्रकृतिलाई माया गरेर संरक्षण तथा सचेतना सहित अगाडि बढ्नुपर्ने कुरामा जोड दिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुशीला शर्मा पाण्डेले विद्यालयका प्रिफेक्ट क्याप्टेन अल्जिना राई र भाइस क्याप्टेन आयुष देवकोटालाई बिरुवा हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरियो । कार्यक्रम सञ्चालन प्रशासकीय इन्चार्ज यज्ञराज पौडेलले गरेका थिए । कार्यक्रमको व्यवस्थापन अतिरिक्त क्रियाकलाप प्रमुख सन्तोष रानाभाटले गरे।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग