पोखरा । जुन ५ अर्थात् विश्व वातावरण दिवस । बुधबार पोखराका विभिन्न विद्यालयले विविध कार्यक्रम गरी वातावरण दिवस मनाए ।
यसैक्रममा विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलले शिक्षक, शिक्षिका र विद्यार्थीको सहभागितामा विन्ध्वासिनी मन्दिर परिसरमा सरसफाइ कार्यक्रम गरेको छ । मोहरिया टोल क्षेत्र र विद्यालय परिसरमा पनि सरसफाइ तथा फूलका बिरुवा रोपेर वातावरण दिवस मनायो । विद्यार्थीले विभिन्न कविता तथा आफ्नो विचार प्रस्तुत गरे ।
कक्षा ६ देखि १० सम्मका विद्यार्थीबीच हाजिरीजवाफ प्रतियोगिता भयो । जसमा अन्नपूर्ण सदनबाट शिशिर तिमिल्सिना, श्रीस बुद्धाचार्य, मन्जिसा भुजेल र जोयश गुरुङ प्रथम र सगरमाथा सदनबाट प्रशंसा कार्की, साइना बुद्धाचार्य, दिवस घिमिरे र विनायक गिरी द्वितीय भए ।
पुरस्कार वितरण सहप्राचार्य नीलकण्ठ पौडेलले गरेका हुन् भने सञ्चालन अतिरिक्त क्रियाकलाप प्रमुख राजु बयलकोटीले गरे ।
Related News
सम्बन्धित समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
१० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१