रत्न शोभा माविको प्रधानाध्यापकमा न्यौपाने

आदर्श समाज सम्वाददाता
जेठ २३, २०८१
Ratnashova

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २८ स्थित रत्न शोभा माध्यमिक विद्यालयको प्रधानाध्यापकमा किरणबाबु न्यौपाने नियुक्त भएका छन् ।

मंगलबार बसेको विद्यालयको व्यवस्थापन समितिको बैठकले माध्यमिक तह द्वितीय श्रेणीका विज्ञान विषय शिक्षक किरणबाबु न्यौपानेलाई प्रधानाध्यापकमा नियुक्त गरेको हो ।
विसं २०५० देखि शिक्षण पेसामा लागेका न्यौपाने २०६० सालमा मावि तहको तृतीय श्रेणीमा विज्ञान विषयमा स्थायी नियुक्ति लिएका थिए । २ वर्ष अस्थायी विद्यालय निरीक्षकको समेत अनुभव संगालेका न्यौपाने १२ वर्षसम्म सामुदायिक विद्यालयमा सहायक प्रअ भए । स्नातक तहमा गणित विज्ञान र गणित विषयमा एमएससीको योग्यता हासिल गरेका न्योपाने विषयविज्ञ समेत हुन् ।

प्रअ गोपालबहादुर बुढाथोकीले राजीनामा दिएपछि न्यौपानेको पालो आएको हो ।

प्रअ बुढाथोकीको राजीनामा स्वीकृत गरी न्यौपानेलाई नियुक्त गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाले बताए ।

वडा शिक्षा समितिका संयोजक एवं वडाध्यक्ष श्रीकृष्ण लामिछानेले राजीनामा दिएका प्रअ बुढाथोकीको योगदानको कदर गर्दै नवनियुक्त प्रधानाध्यापक न्यौपानेलाई बधाई दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width