पोखरा । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले कार्यभार सम्हालेका छन् । वासुदेव घिमिरे सरुवा भएपछि उनको ठाउँमा आएका पाण्डेले सोमबार कार्यभार सम्हालेपछि मंगलबार पोखराका पत्रकारसँग अन्तरक्रिया गरेका छन् ।
आफूले जिल्लाको वस्तुस्थिति बुझिरहेको भन्दै नागरिकलाई सेवा प्रवाह गर्ने सवालमा कुनै सम्झौता नगर्ने प्रजिअ पाण्डेले बताए । पर्यटनको राजधानी घोषणा भएको पोखरा २४ सै घन्टा खुलाउनेदेखि अरु विकास निर्माणका काममा सहजीकरण गर्ने उनको भनाइ थियो । मकवानपुर र रुपन्देहीको प्रजिअ भइसकेका पाण्डेले ती जिल्लाबाट सिकेको अनुभव कास्कीमा प्रयोग गर्ने बताए ।
राजनीतिक दल, नागरिक समाज, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता उनले जनाएका छन् । राष्ट्रिय परिपत्र र नागरिकताको प्रतिलिपी लिनेहरुको भीड कार्यालयमा अत्यधिक रहेकाले त्यसलाई कम गर्न पहल थालिसकेको प्रजिअ पाण्डेले बताए । कार्यक्रममा सहायक प्रजिअ गुरुदत्त ढकालले प्राप्त सुझाव अनुसार प्रशासनले सेवा प्रवाह गर्दै आएको बताए ।
कार्यक्रममा सहभागी पत्रकारले कास्की र पोखरमा देखिएका समस्या र समाधानका उपायका बारेमा प्रजिअलाई जानकारी गराएका थिए ।
Related News
सम्बन्धित समाचार
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
ओली चीन भ्रमण जाँदै
घार्मीमा बालाचतुर्दशी रौनक
भवन निर्माण आचारसंहिता प्रशिक्षण
दीपक समीप पुरस्कृत
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१