पोखरा । डेढ महिनादेखि हराइरहेका कास्की अन्नपूर्ण गाउँपालिका–३, पाउँदुर, धारापानीका ५७ वर्षे टेकबहादुर सार्कीको खोजी गरिदिन उनको परिवारले आग्रह गरेको छ ।
करिब ५ फिट ५ इन्च उचाइ तथा अनुहारमा कालो पोतो भएका टेकबहादुर गत वैशाख ७ गतेदेखि कोही कसैलाई जानकारी नदिई आफ्नै घरबाट हिँडी हालसम्म हराइरहेको छोरा कुशल नेपालीले बताए ।
हराउने बेला टेकबहादुरले ढाका टोपी, रातो टिसर्ट, कालो इस्टकोट, कालो पाइन्ट र चप्पल लगाएको कुशलको भनाइ छ ।
हराएका टेकबहादुरको खोजीमा उनको परिवार हालसम्म कास्कीका प्राय सबै स्थान, बागलुङ, पर्वतदेखि भक्तपुरसम्म पुगिसकेको छ । परिवारले घटनाबारेमा स्थानीय नागडाँडा प्रहरी चौकी भदौरेतामागी, जिल्ला प्रहरी कार्यालय कास्कीलगायत विभिन्न ठाउँका स्थानवासी एवं संघ संस्थाका प्रतिनिधिलाई समेत खोजतलासमा सहयोग गरिदिन आग्रह गरेको छ ।
टेकबहादुरलाई कसैले भेटेमा ९८१९१९८१३८ वा ९८१७१८३५६२ का खबर गरिदिन परिवारले अनुरोध समेत गरेको छ । टेकबहादुरका श्रीमती, ३ छोरा, २ बुहारी, छोरी तथा ४ जना नाति छन् ।
Related News
सम्बन्धित समाचार
करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान
पाेखरामा १७ औं हिसान कास्की स्पोर्टस् मिट सुरु
भौतिक मन्त्री केसीले गरे कोरोला–त्रिवेणी मार्ग निरीक्षण
लान्द्रुकमा हनी हन्टिङ महोत्सव
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१